Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नेपाली र मैथिली भाषीबीचको सहअस्तिव

हिमांशु चौधरी

काठमाडौं । मलाई भरोसा छ, बड्का मान्छे बन्नु पर्दछ, मेरो घरको पजरामा बड्का गाछी छ, छोटकाले पुग्छ, मन खराब छ । यी वाक्यहरू हुन्– नेपाली र मैथिली भाषीको समृद्ध जीवनशैलीको । यस्ता कैयौँ वाक्य प्रचलनमा रहेका छन्, जसले दुवै भाषाभाषीको सामाजिक, सांस्कृतिक र भाषिक सहअस्तित्वको चिनारीलाई स्थायित्व प्रदान गर्दै एक सूत्रमा आबद्ध गर्ने वातावरण निर्माण गरिहेको छ ।

नेपाली र मैथिली भाषाभाषीले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सद्भावपूर्ण सामाजिक जीवन व्यतित गरी संस्कृतिको अविभाज्य अङ्ग भइरहेका छन् । संस्कृति जिन्दगीको एउटा तरिका हो, जो शताब्दीयौँदेखि जम्मा भएर समाजमा व्याप्त रहन्छ भन्ने मान्यता अनुरूप यस भेगमा बसोबास गर्ने मिथिलाञ्चलमा दुवै भाषाभाषी एकअर्काबीच सांस्कृतिक र धार्मिक परम्पराहरूमा मात्र नभएर भाषामा पनि प्रभावित छन् । 

मैथिली भाषीले आपसमा कुरा गर्दा नेपाली शब्दको पनि प्रयोग गर्ने गरेको पाइन्छ । मैथिली भाषामा बोल्दा ‘हमरा मालपोत जायके छै’ र नेपाली भाषामा बोल्दा ‘मेरो घरको पजरामा बड्का गाछी छ’लाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यस्तै उखानमा मैथिली भाषामा ‘उँटके मुँहमे जीरा, कुप नआबए पथिकके पास, अपने नीक त आनो नीक’ र नेपालीमा ‘हात्तीको मुखमा जीरा, खोला आउँछ कि तिर्खा रु आफू भलो त जगतै भलो’ जस्ता उखान मननयोग्य रहेको छ ।   

मिथिला र नेपाल उपत्यकाको सांस्कृतिक सम्बन्ध अत्यन्त प्राचीन रहेको छ । मुसलमानी आक्रमणको बेला मिथिलाको अनेक विद्वान परिवार आफ्नो एवं हस्तलिखित ग्रन्थको रक्षा तथा जीवन निर्वाहका लागि नेपालतर्फ प्रवेश गरेका थिए । मल्ल राजा जयस्थिति मल्लले सामाजिक वर्गीकरण र वर्णाश्रम धर्मलाई कायम गर्न मिथिलाका विभिन्न विद्वानसँग सहयोग लिएको पनि पाइन्छ । मल्लकालमा राजाहरू स्वयं मैथिली साहित्य र परम्पराको विकासका लागि ठूलो योगदान पुर्याएको कुरा मल्ल राजाहरूले लेखेका नाटक, भक्ति गीत सङ्ग्रहहरूले प्रमाणित गरेका छन् । इतिहासहरुको अध्ययनबाट काठमाडौँ उपत्यकामा कर्णाट वंशका तीनपुस्ता राजाहरूले झण्डै नब्बे जति राज्य गरेको र सो अवधिमा काठमाडौँ उपत्यकाका तीनै राज्य–कान्तिपुर, ललितपुर र भक्तपुरमा मैथिली भाषाको प्रचार–प्रसार निकै भएको पाइन्छ । 

कर्णाट वंशीय राजा हरसिंहदेव देव सङ्गीत कलाविद् थिए । उनी सन् १३२४ ई मा गयासुद्दिन तुगलकबाट पराजित भई जङ्गल हुँदै सेन्यवलसहित काठमाडौँ उपत्यका पुगेका थिए । पछि भक्तपुर क्षेत्रमा राज्य स्थापना गरेपछि त्यस क्षेत्रमा मैथिली भाषा र संस्कृतिले व्यापकत्व ग्रहण गरेको इतिहास पनि छ । लिच्छवी र मल्लकालसम्म मैथिली भाषाको राम्रो कदर भएको थियो । अहिले राजनीति, स्वार्थ, भ्रान्तिको सिकार भई उपेक्षितजस्तै देखिन्छ । 

नेपाली भाषीले मैथिली शब्दको प्रयोग र मैथिली भाषीले नेपाली शब्द प्रयोग गरिरहेको अनेकौँ दृष्टान्त छ । जस्तो कि नेपाली र मैथिली भाषाभाषीले माझ, लागि, सुन, मारी, ओठ, मीत, बाँधी, फोका, भल, ठाम, तल, हाट, बेल, भिन, जतन, निहुरी, जीउ, लावा, मारीलगायतका शब्दहरू परस्परमा प्रयोग गरिरहेका छन् । सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा मैथिली र नेपाली भाषाभाषीबीच शब्दको निकटता देखिन्छ । वस्तुतः मैथिली भाषाले मैथिली भाषाभाषीलाई जातीय व्यक्तित्व र पहिचानमात्र प्रदान गरेको छैन, राष्ट्रकै साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको छ ।   

एकीकरणपछि उपत्यका र यस क्षेत्रका बीच सांस्कृतिक र धार्मिक निकटता कायम भयो । उपत्यका र अन्य पहाडी भेगबाट अनेक नेपाली भाषाभाषी यस क्षेत्रको समतल फाँटमा कृषिकर्म वा जागिरेका रूपमा बसाइँसराइका क्रममा आएर बसोबास गर्न थाले । हाल यस क्षेत्रमा मैथिली भाषाभाषी मात्र नभएर नेपाली भाषाभाषीको पनि आधिक्य रहेको छ । प्राचीनकालदेखि नै मिथिलामा वर्णाश्रम धर्म अस्तित्वमा रहेको देखिन्छ । देवी–देवताहरूमा शिवशक्ति तथा विष्णुलाई कालान्तरमा राम र सीता आदिलाई पनि देवदेवीका स्वीकार गरेर पूजा गर्ने परम्परा पाइन्छ । धार्मिक परम्पराको प्रभावले नेपाली भाषाभाषीहरूमा शिवप्रति विशेष श्रद्धा रहेको र प्रत्येक वर्ष वैद्यनाथ धाममा जल चढाउने आस्था देखिन्छ । वेशभूषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरू प्रभावित छन् । 

नेपाली भाषामा मैथिली भाषाको गहिरो छाप परेको पाइन्छ । मैथिली क्षेत्रका स्थान नाम, वनस्पति, खानपिन, रहनसहन र दैनिक व्यवहारमा प्रचलित स्थानीय उपकरण बुझाउनेजस्ता शब्दहरू नेपाली भाषामा आएका छन् । प्राचीनकालदेखि नै मैथिलहरूले नेपाली सभ्यता, संस्कृति, धर्म र दर्शनमा योगदान दिँदै आएका छन् । राष्ट्र विभिन्न जाति, धर्म र भाषभाषीहरूको सहअस्तित्व, सामञ्जस्य र ऐक्यबद्धतामा आधारित छ । यसले परम्परागत अटल अखण्डता, राष्ट्रियता र एकतालाई सबलता प्रदान गरेको देखिन्छ । 

नेपाली साहित्यका मनोवैज्ञानिक प्रवर्तक विपी कोइरालाको कथाहरूमा पनि मैथिली भाषाका शब्दको प्रयोग गरिएको पाइन्छ । मनौती, तडका, पछवरिया धार, पुरवरिया धार, डाइन, रे छौडा, गे छौडी, मचान, खरिहान, ओरहाजस्ता शब्दको प्रयोग गरिएको छ । त्यस्तै पात्रहरूमा लेलहा, फगुनी, मुनरिया, बतहिया चमाइन, जमुनिया, किसना, सुवसियाजस्ता मैथिली भाषी पात्रको संयोजन र नामकरण गरेका छन् । कोइरालाले गाछ तर, दाँती लागब, कर्चीक टाटी खरजस्ता शब्दको प्रयोग गरेका छन् । नरेन्द्र दाइ उपन्यासमा चैत हे सखी फूलल बेली, करत मधु गुजार हो, भवरा करत गुजार हो जस्ता मैथिली भाषाको लोकगीतलाई स्थान दिइएको छ ।

यस प्रकारको क्रमले परस्परमा सामाजिकता ग्रहण गरेको फलस्वरुप यस भेगका स्थानीय पोशाक धोती र कमिज नेपाली भाषाभाषी समुदायमा लोकप्रिय रहेको र यसका साथै नेपाली भाषाभाषी महिलाले आफ्नो पारम्परिक पोशाक गुन्यू, साडी, चोलो र पटुका त्यागेर विशेष प्रकारले साडी र चोलो लगाउने चलन रहेको छ जुन यस भेगका मैथिली भाषाभाषी महिलाले लगाउने गरेको प्रभाव हो । घरमा आएका पाहुनालाई विभिन्न प्रकारका अचार, तरकारी र स्वादिष्ट भोजनद्वारा स्वागत गर्नु मैथिल समाजको विशेषता रहेको छ । मैथिल गृहिणी पाक कलामा ज्यादै दक्ष हुने र विभिन्न प्रकारका अचार, चटनी र तरकारीलाई तारेर अतिथिलाई स्वादिष्ट र रूचिकर भोजनद्वारा सत्कार गर्न सिपालु हुन्छन् । यसको प्रभाव स्वरूप यहाँका नेपाली भाषाभाषी परिवारमा पनि विभिन्न प्रकारका तरकारीलाई तारेर अतिथिलाई भोजन गराउने परम्परा रहेको देखिन्छ ।   

मैथिल समाजमा विभिन्न प्रकारका ठठ्यौली परम्परा पनि छ । भिनाजु र साला, देवर र भाउजु, साली र भिनाजुबीच ठठ्ठा र ख्याल गर्ने चलन छ र यो चलन यहाँका नेपाली भाषाभाषीमा पनि रहेको पाइन्छ । विवाह तथा चाडपर्वका अवसरमा मैथिली भाषाभाषी महिलामा मेहदीले हात खुट्टा सिङ्गार्ने चलन लोकप्रिय रहेको छ भने यो चलन नेपाली भाषाभाषीहरूमा पनि उत्तिकै लोकप्रिय रहेको बताइन्छ । 

यस्तै विभिन्न संस्कारअन्तर्गत चुडाकर्म, यज्ञोपवित, विवाह आदिमा दुवै भाषाभाषीमा मातृका पूजा गर्ने चलनसमेत रहेको छ । नवरात्रिका अवसरमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुवै समुदायमा नवदुर्गाको व्रत घटस्थापना गरेर नियमित पूजा गर्ने र दुर्गा सप्तशतीको पाठ गर्ने चलन पनि छ । विजयादशमीका दिन मातापिता तथा मान्यजनबाट जमरासहितको टीका ग्रहण गर्ने दुवै समुदायमा चलन रहेको पाइन्छ । साथै दीपावली दुवै समुदायले समानले मनाउने परम्परा रहेको छ । भाइटीकाका दिन दिदीबहिनीहरूले व्रत लिएर दाजुभाइको दीर्घायुका लागि निधारमा टीका लगाइदिने परम्परा पनि दुवै समुदायमा पाइन्छ । यस अवसरमा एकअर्काको परम्परालाई स्वीकार गर्दै मैथिली भाषाभाषी परिवारमा पनि सेल र नेपाली भाषाभाषी परिवारमा समेत अनरसाजस्ता पकवान बनाउने चलन पनि रहेको छ । छठ मनाउने परम्परा विशुद्धरूपले मैथिल समाजमा प्रचलित भए पनि नेपाली भाषाभाषीहरूले यस क्षेत्रमा बसोबास गर्न थालेपछि यसबाट प्रभावित भएर छठ मनाउन थालेका छन् ।

नेपाली भाषाभाषी विवाहित महिलाहरूमा पोते लगाउने परम्परा ज्यादै लोकप्रिय रहेको छ । यो परम्परा हाल मैथिली भाषाभाषी महिलाले पनि स्वीकार गरेको देखिन्छ, जुन यस भेगमा नेपाली भाषाभाषी परम्पराको प्रभाव प्रस्ट हुन्छ । यसका अतिरिक्त अन्य अनेकौं यस्ता परम्परा र पर्व छन् जुन मैथिली र नेपाली भाषाभाषीहरूमा समानरूपले लोकप्रिय रहेको र दुवै समुदायले संयुक्तरूपमा मनाउने गरेको पनि पाइन्छ । उपत्यकाका नेवार कन्याहरूको पुरूषसँंगको विवाहभन्दा पहिले बेलसँग विवाह गर्ने चलन छ भने यहाँका मैथिल ब्राह्मण र कायस्थ कन्याहरूको पनि पुरूषसँगको विवाहभन्दा पहिले आँप र महुवाको रूखसँग विवाह गर्ने चलन रहेको छ । 

त्यस्तै माघी पर्व, तीज, फागु, श्रीपञ्चमी, शिवरात्रि, चौरचन, जुडशीतल रामनवमी, विवाहपञ्चमी, रक्षाबन्धनजस्ता पर्वले दुवै भाषाभाषीका परिवारले मनाउने गरेको घनिष्टतालाई पुष्टि गरिहेको छ । मैथिलको विवाहमा स्वयम्बरको परम्परा लोकप्रिय हुँदै गएको छ, जसलाई नेपाली भाषाभाषीकै प्रभाव मानिएको छ । यी तथ्यहरुले राष्ट्र भन्नु नै जनसमूहको एक परिधि हो, राष्ट्रियता राष्ट्रमा बस्ने जनताको एकीकृत भावनालाई उजागर गर्दछ । विभिन्न भाषाभाषीको उत्थान, कला संस्कृतिको मान्यता एवं साहित्यिक अभिवृद्धिमा योगदान दिएर बटुलिएका भावनात्मक सहयोगले राष्ट्रियताको मूल्य र मान्यतालाई सुदृढ बनाएको देखिएको छ ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending