Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

३० वर्ष प्रहरी सेवापछि राजनीतिमा आएको सांसद चौधरीको अनुभव- संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका छन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको  घटनाप्रति उनलाई चित्त बुझेको छैन ।

संसद्लाई कहिले पनि अनिणर्यको बन्दी बनाइनुहुन्न भनी नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङका अभिव्यक्ति, उनले खेलेको भूमिका, अनुभव र अनुभूति स्मरण गर्दै उनी भन्छन्, “हामीले संसद्मै पनि ठीक भूमिका निर्वाह नगरेका कारण विभिन्न प्रश्न आएका हुन् ।” जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्छ भन्दै सांसद चौधरीले भने, “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिकै ठूलो हात छ, त्यो गर्नुपर्छ ।”

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका सांसद चौधरीसँग केही वर्ष विज्ञान शिक्षकका रूपमा काम गरेको अनुभवसमेत छ । उनले नयाँ निर्वाचन भई सदन सञ्चालन भएको सात महिना बितिसक्दासमेत अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी ऐनबाहेक अरु विधेयक अघि नबढ्नुलाई विधायकबाट मूल जिम्मेवारीप्रति बेवस्ता भयो कि भन्ने प्रश्न उठ्नु स्वभाविक भएको प्रतिक्रिया दिए ।

सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चौधरी हाल लोसपाका संसदीय दलका प्रमुख सचेतक पनि रहेका छन्। लामो समयदेखि प्राथमिकतामा रहेका सङ्घीय निजामती र शिक्षासम्बन्धीलगायतका विधेयकलाई सदनमा छलफलका लागि अघि बढाउने सन्दर्भमा पाइप लाइनमा रहेको उनको भनाइ छ । सरकारले ‘बिजनेस’ दियो भने मात्र संसद् र सांसदको भूमिका देखिने तथा सदनका कामकारबाही अघि बढ्ने भए पनि जनजीविका र समसामयिक विषयमा भने सदनमा आवाज उठाउँदै आएको सांसद चौधरी बताउछन् ।

सङ्घीय सांसद मूल दायित्वबाट अल्मलिँदा कानुन निर्माण प्रभावित हुने मात्र नभई गणपूरक सङ्ख्या नपुगेर सदन र संसदीय समितिका बैठकसमेत प्रभावित हुने गरेका छन् । आवश्यक न्यूनतम गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भई विधेयक पास हुन नसक्नु भनेको जनप्रतिनिधिका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनताको करबाट तलब÷भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो नभएको टिप्पणी गरे ।

सांसद चौधरीले सदन होस् वा  विषयगत समितिका बैठक चलिरहेका बेला अरु काममा अल्मलिनु भनेको पदको गरिमाको महत्व नबुझ्नुमात्र नभई संसदीय व्यववस्थाकै उपहास र जनमतको अनादर भएको धारणा राखे । संसद् र संसदीय समितिका बैठकमा पूरापुर बस्ने सांसदको कोटीमा उनी चिनिन्छन् । विधायक भनेको आफैँ जान्ने/बुझ्ने जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी र भूमिका थाहा पाउनुपर्नेमा जोड दिँदै सांसद चौधरीले सदन र संसदीय समितिका बैठकमा उपस्थिति भएपछि हिँडिहाल्ने प्रवृत्ति सुधार्न सुझाव दिए ।

“संसद्को महत्व धेरै छ, हाम्रो मुख्य कार्य भनेको सदन र संसदीय समितिलाई समय दिने नै हो । संसद् बैठक बङ्क गर्ने अनि विधेयक निर्णयार्थ हुँदा बाहिर बस्ने लाजमर्दो कुरा हो”, प्रमुख सचेतक चौधरी भन्छन्– “विधेयकसम्बन्धी निर्णयमा सहभागी हुनुपर्यो । बैठकमा गणपूरक सङ्ख्या नभएर अन्त्य हुँदा राज्यको ढुकुटी खर्च हुन्छ, जनशक्तिको दुरुपयोग हुन जान्छ । यो परिस्थिति आउनु भनेको विडम्बना हो ।” 

संसदीय क्षेत्र विकास कोषमार्फत विकास निर्माणका लागि बजेट व्यवस्थापन हुनु स्वभाविक रहेको उल्लेख गर्दै उनले सबै निर्वाचन क्षेत्रमा समान ढङ्गले बजेट विनियोजन हुने त्यो मात्र एक कार्यक्रम रहेको प्रतिक्रिया दिए ।

“कोषको रकम सांसद आफैँले खर्च गर्न पाउने नभई जनताका माग र आवश्यकताका आधारमा सिँचाइ, सडक, शिक्षा, पर्यटन, खेलकुदको विकासका लागि लगानी गर्न पाँच योजना छान्नेमात्र हो”, सचेतक चौधरी बताउछन् ।

युवा उमेरदेखि नै समाज कल्याण कार्यमा संलग्न सांसद चौधरी राजनीतिका माध्यमद्वारा समाजलाई समृद्धिमा पुर्याउन सकिन्छ भन्नेमा दृढ छन् । मुलकमा राजनीतिक अस्थिरताका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अहिले भइरहेको अभ्यासप्रति जनतामा खुसीयाली छाउन नसकेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनता, देश र समाजले अपेक्षा गरेअनुरुप उपलब्धि हासिल नभएको टिप्पणी गरे ।

सरकार र राजनीतिक दलले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई सेवा गर्छु भन्ने भावना राखी अघि बढेमा छोटो समयमै समृद्धि हासिल गर्न सकिने उनको दृढविश्वास छ । उनले पछिल्लो समय विमानस्थलबाट बाहिरिएको सुन, भुटानी र ललिता निवास प्रकरणको सत्यतथ्य छानविन गरी उजागर गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सके भ्रष्टाचार र दण्डहिनता रोक्न सकारात्मक सन्देश प्रवाह हुने बताए ।

आर्थिक वृद्धि, भ्रष्टाचार न्यूनीकरण, सुशासनका मुद्दालाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकाङ्क्षालाई सम्बोधन गर्र्ने काममा एकाकार हुन जरुरी रहेको धारणा व्यक्त गरे ।  राजनीतिक दल र समाजका सबै तह तथा तप्काको स्वार्थ देश विकास र समृद्धिमा मात्र केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending