काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ । मंगलबार निधन भएका नेता नम्बाङका दुई छोरा विदेशमा भएकाले दुई दिनपछि उनको अन्तिम संस्कार गर्न लागिएको हो ।
यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी कार्यालय र त्यहाँबाट निजी निवास लगिएको थियो ।
नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेता नेम्बाङको अन्त्येष्टि गरिने जानकारी दिए । गत मंगलबार बिहान हृदयघातका कारण निधन भएका उनलाई राजकीय सम्मान दिने निर्णय यसअघि नै सरकारले गरेको छ । संविधानसभाका अध्यक्ष नेम्बाङको सम्मानमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।
यस्तो छ शवयात्राको रुट
नेम्बाङको शवयात्रा निजीनिवासबाट सुरु भएर महाराजगञ्ज, चाबहिल हुँदै अघि बढ्नेछ ।
रिमालका अनुसार, निजी सवारी साधन लिएर पनि शवयात्रामा सहभागी हुन सकिनेछ । त्यसका लागि धुम्बाराही शंख पार्कबाट पार्थिव शरीर राखिएको गाडीको पछि जाने व्यवस्था मिलाइएको छ ।
पैदल शवयात्रामा जोडिन चाहनेहरूलाई भने गौशाला चोकको पशुपति तर्फजाने सडकबाट सहभागी हुन सक्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - २१:०२
काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित ...
बैशाख १६ गते, २०८१ - २०:५४
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार द...
बैशाख १६ गते, २०८१ - २०:३१
काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । फाकफोकथुम १, २...
बैशाख १६ गते, २०८१ - १६:१७
नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...
बैशाख १६ गते, २०८१ - १६:१२
रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् । सिडियो हिराल...
बैशाख १६ गते, २०८१ - १६:०२
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए...
बैशाख १६ गते, २०८१ - १५:५७
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्...
बैशाख १६ गते, २०८१ - १५:४४
काठमाडौं । इलाम-२ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् । कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले एक म...
बैशाख १६ गते, २०८१ - १५:४०
झापा । झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्र...
बैशाख १६ गते, २०८१ - १५:१७
काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् । उनलाई ने...
प्रतिकृया लेख्नुहोस्: