काठमाडौं । ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पीएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु। अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु’, कतार विश्वकप श हुनुअघि राजधानीमा आयोजित एक कार्यक्रममा सुवास नेम्वाङले भनेका थिए, ‘जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।”
नभन्दै भयो पनि त्यस्तै। गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो। नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए। सार्वजनिक मञ्चमा वेला–वेला फुटबलको प्रसंग उप्काउँथे। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडी थिए।
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा थियो। त्यही वेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो। यो २०७८ असारतिरको कुरा हो। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ।
घण्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो वेला सञ्चारकर्मीसँग भनेका थिए, ‘बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ। त्यस्तो खालको परिस्थिति त बनेन। तर सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ। त्यसकै लागि ११ घण्टादेखि प्रयत्न जारी छ।’
त्यही दिन युरो कपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए। इङ्ल्याण्डलाई पराजित इटालीले युरो कप जित्यो। सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले फाइनल खेल हेरे वा हेरेनन् थाहा भएन तर, त्यही दिन १० बुँदे सहमति भयो। यद्यपि एमालेको विभाजन भने रोकिएन।
माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्शाउँथ्यो। नेम्वाङ कुनैताका फुटबल खेल्नुहुन्थ्यो। पार्टी र राजकीय कामको चटारोमा पनि उहाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्ने गर्थे।
विद्यालय उमेरबाटै उहाँ फुटबलमा आकर्षित थिए। सञ्चारकर्मीसँगको कुराकारीमा उहाँले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउँथे।
काठमाडौं आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्थे। पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रूपमा रहेको थियो। संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उहाँले फुटबल हेर्थे।
विश्व फुटबलमा उहाँलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो। जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए। दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पीएसजी गएपछि आफ्नो रोजाइ पनि पीएसजी हुन पुगेको नेम्वाङ बताउँथे। राति १२–१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनी सुनाउँथे।
नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो। राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: