Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

फुटबलप्रेमी नेम्वाङ, पीएसजीका ‘फ्यान’

खबरडबली संवाददाता

काठमाडौं । ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पीएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु। अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु’, कतार विश्वकप श हुनुअघि राजधानीमा आयोजित एक कार्यक्रममा सुवास नेम्वाङले भनेका थिए, ‘जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।” 

नभन्दै भयो पनि त्यस्तै। गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो। नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए। सार्वजनिक मञ्चमा वेला–वेला फुटबलको प्रसंग उप्काउँथे। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडी थिए। 

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा थियो। त्यही वेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो। यो २०७८ असारतिरको कुरा हो। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ।

घण्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो वेला सञ्चारकर्मीसँग भनेका थिए, ‘बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ। त्यस्तो खालको परिस्थिति त बनेन। तर सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ। त्यसकै लागि ११ घण्टादेखि प्रयत्न जारी छ।’

त्यही दिन युरो कपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए। इङ्ल्याण्डलाई पराजित इटालीले युरो कप जित्यो। सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले फाइनल खेल हेरे वा हेरेनन् थाहा भएन तर, त्यही दिन १० बुँदे सहमति भयो। यद्यपि एमालेको विभाजन भने रोकिएन। 

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्शाउँथ्यो। नेम्वाङ कुनैताका फुटबल खेल्नुहुन्थ्यो। पार्टी र राजकीय कामको चटारोमा पनि उहाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्ने गर्थे। 

विद्यालय उमेरबाटै उहाँ फुटबलमा आकर्षित थिए। सञ्चारकर्मीसँगको कुराकारीमा उहाँले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउँथे। 

काठमाडौं आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्थे। पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रूपमा रहेको थियो। संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उहाँले फुटबल हेर्थे।

विश्व फुटबलमा उहाँलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो। जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए। दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पीएसजी गएपछि आफ्नो रोजाइ पनि पीएसजी हुन पुगेको नेम्वाङ बताउँथे। राति १२–१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनी सुनाउँथे।

नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो। राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिक...

शिक्षकहरूले विरोध गरेको विधेयकमा लेख लेख्न र डीभी वा पीआर भर्न नपाउने प्रावधान पनि

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक राईले बिहीवार बिहान गरेको वार्ता 'सकारात्मक'...

बाँकेको बालसुधार गृहमा झडप- एकजनाको मृत्यु, १० घाइते

बालसुधार गृहमा तोडफोड र आगजनी, अहिले पनि प्रहरी तैनाथ

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र  छन् ।  समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत...

देशभर भारी वर्षाकोे सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

काठमाडौं । देशका सबै प्रदेशमा आज पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केहीमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना छ।  अहिले बि...

मुस्ताङका बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् ।  लोमान्थाङ गाउँपालिकाको आर्थिक स...

सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ता हुँदै, देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौं । शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र  र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार दुई चरणमा भएको भएको वा...

मंगलगवामा अनिश्चितकालका लागि कर्फ्यु आदेश

मलङ्गवा ।  जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । मुर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिए...

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि गुनासोको ओहिरो, सम्बोधन होलान् ?

काठमाडौं । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको ...

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending