खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको पूरा गर्न नपाएका विभिन्न वडाका सात जना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका हुन् ।
पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीहरूलाई लक्षित गर्दै गाउँपालिकाले चालु आवदेखि बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए । सात वडा रहेको उक्त गाउँपालिकाले पढ्न चाहने बुहारीहरूलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउनेगरी नीति तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा ल्याएको हो ।
‘घरमा आमा शिक्षित भए परिवार शिक्षित हुन्छन्’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राईले बताएका छन् ।
“बुहारी शिक्षामा समेटिन इच्छुक बुहारीहरूले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्छ । उनीहरूलाई कक्षा–९ देखि कक्षा–१२ सम्म नाम लेखाउन, फाराम भर्न, पुस्तक, पोशाक, स्टेशनरीलगायतका आवश्यक सामग्री खरिद गर्न लाग्ने खर्च गाउँपालिकाले उपलब्ध गराउने कार्यविधि पारित गरिएको छ”, उनले भने, “आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ । समाजमा महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाज परिवर्तन सम्भव छ । त्यसैले बुहारी शिक्षा कार्यक्रम लागू गरिएको हो ।”
गाउँपालिकाले कार्यान्वयनमा ल्याएको बुहारी शिक्षा कार्यक्रमअन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय बास्पानीबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गर्नुभएकी वडा नं–३ बास्पानीकी ३१ वर्षीया पुष्पा विश्वकर्मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको कक्षा ११ मा भर्ना गरेर छोराछोरीसँगै अध्ययन सुरु गरेकी छन् । विसं २०६८ मा गाउँमै विवाह गरेकी पुष्पाकी छोरी रोजनी राष्ट्रिय माविको कक्षा ५ र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् ।
यस्तै, वडा नं ४ बाक्सिलाकी ३२ वर्षीया लक्ष्मी पौडेल पृथ्वी माविकै कक्षा ११ मा भर्ना भएकी छन् । बास्पानीकै २५ वर्षीया शान्तिकला राई, पृथ्वी माविमा कक्षा ११ मा भर्ना भएर अध्ययन सुरु गरेकी छन् ।
विसं २०६५ मा सिम्ले मावि जलेश्वरीबाट कक्षा ८ उत्तीर्ण गरेकी नीरा विश्वकर्मा र सिद्ध मावि बास्पानीबाट विसं २०७९ मा कक्षा ८ उत्तीर्ण गर्नुभएकी सर्मिला राई पृथ्बी माविमा कक्षा ९ मा भर्ना भएकी छन् । यस्तै, विसं २०७८ मा विवाह गर्नुभएकी बास्पानीकी पूजा राई र दीपा खड्का सोही ठाउँमा सञ्चालित राष्ट्रिय माविको कक्षा ९ मा भर्ना हुनुभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिएका छन् ।
घरायसी तथा आर्थिक अभावका कारण बीचमै पढाइ छाडेका उनीहरू सबैले पुनः अध्ययन सुरु गरेसँगै आफैँ पढेर जागिर खाने योजना बनाएका छन् । १० स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिकाले सुरुआत ‘बुहारी शिक्षा कार्यक्रम’ नमूना कार्यक्रमको रूपमा हेरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: