सुनसरी। धरानस्थित जिरोपोइन्टमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बिपी प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी २९ वर्षीय प्रभुदयाल चौधरी र २६ वर्षीया अम्बिका माखिम लिम्बू सवार प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको हो ।
चौधरी र लिम्बू श्रीमान् श्रीमती रहेको बताइएको छ । पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ । घाइते चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित एमर्जेन्सीमा उपचार भइरहेको प्रतिष्ठानका नर्सिङ प्रोफेसर उपेन्द्र यादवले जानकारी दिए ।
प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रमअन्तर्गत आयोजित प्रतिष्ठानको जिओपिडीदेखि फुस्रे हुँदै प्रतिष्ठानसम्मको म्याराथनमा सहभागीलाई पुर्याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: