Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अफ्रिकाकाे मालीमा आतङ्कवादी हमला, ६४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अफ्रिकाकाे माली उत्तरपूर्वी क्षेत्रमा इस्लामिक लडाकुहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गर्दा ६४ जनाको मृत्यु भएको छ । 

मालीको अन्तरिम सरकारका अनुसार आतङ्कवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेका थिए ।आतङ्ककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गा र बाम्बामा रहेको सैन्य शिविरमा आक्रमण गरेका थिए। 

मालीको गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूको आक्रमणमा परी ४९ जना मारिएका थिए भने सैन्य शिविरमा भएको आक्रमणमा १५ जना सैनिक मारिएको खबर रहेको छ । 

दोहोरो फायरिङमा झण्डै ५० जना लडाकु मारिएको माली सरकारले दाबी गरेपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । डुङ्गामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्...

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ ।  तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा...

राष्ट्रसङ्घीय सहायता प्रमुखद्वारा गाजा अभावको ‘सर्वनाशकारी’ परिणामको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोध...

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउँछन ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् ।  प्रतिनिधिसभाको आजक...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ ।  कार्याल...

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् ।  नेत्रलाल पौडेलको ४१औँ स्मृति दिव...

मापदण्ड विपरीतका संरचना भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ ।  मापदण्ड विपरीत जग्गा अतिक्रम...

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

काठमाडौं । काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरे...

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies