Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

भनाइ र गराइले चर्चामा बालेन र श्यामबहादुर

खबरडबली संवाददाता

यस हप्ता दुई भनाइ र गराइले नेपालको राजनीतिक क्षेत्र निक्कै तरंगित भयो । पहिलो चाहिँ फगत भनाइ मात्र थियो भने दोस्रो चाहिँ गराइ नै थियो ।

गत शनिबार मध्यरातमा समाजिकसञ्जालमा देखीएकाे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको एउटा भनाइ निक्कै चर्चामा रह्यो । उनको भनाइ थियो, ‘……. सिंहदरबार जलाइदिन्छु ।’ आखिर त्यस्तो डरलाग्दो धम्की उनले किन दिए त ?

पत्रकार देवप्रकाश त्रिपाठी सामाजिक सञ्जालमा लेख्छन्ः
दोषी ट्राफिक प्रहरी हुन् कि महानगरका मेयर ?
१) शनिबार बेलुका ८.४७ बजे एउटा सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतर्फ आउँदा प्रहरी चेकिङमा प-यो ।

२) शनिबारको दिन सरकारी गाडी चलाउन पासको आवश्यक पथ्र्याे, त्यसैले प्रहरीले चालकसँग सोधे ‘तपाईंसँग पास छ ?’

चालकले भने, ‘यो महानगरको गाडी हो, किन चाहियो पास ?’

प्रहरीले पुनः सोधे, ‘महानगर त धेरै छन, कुन महानगर ?’ चालकले फुर्तिसाथ जवाफ फर्काए ‘काठमाडौं महानगर, बालेन सरले चढ्ने गाडी हो यो ।’

जसले चढे पनि बिदाको दिन पास लिएर मात्र सरकारी गाडी प्रयोग गर्नुपर्छ भन्दै गाडीको पछिल्तिर बस्ने व्यक्तिलाई नियालेर हेरे । प्रहरीले त्यसरी हेरेपछि चालकले भने, ‘महारानी होइबक्सन्छ ।’

त्यसपछि ‘अबदेखि पास लिएर मात्र गाडी चलाउने’ भन्दै प्रहरीले छोडिदिए ।

( ३ मिनेटको समयभित्र यो घटना भएको थियो)

३) त्यसको केहीबेर पछि काठमाडौंका सिडियो जितेन्द्र बस्नेतलाई फोन गर्दै एक व्यक्तिले आफ्नो परिचय बालेन्द्र साहका रूपमा दिए र भने, ‘तपाईंको प्रहरीले मेरो गाडी रोक्यो, त्यो प्रहरीलाई तुरुन्तै निलम्बन गर्नुपर्यो,’ सिडियोले सोधे ‘किन रोकेछन् ?’

जवाफ आयो, ‘शनिबारको दिन सरकारी गाडी चलाउन पाइन्न भनेर रोकेको रे, तपाईंले तुरुन्त त्यसलाई निलम्बन गरिहाल्नुहोस् !’

‘ए ! शनिबार सरकारी गाडी प्रयोग गर्न त पास लिनुपर्छ नि हजुर’ सिडियोले भने ।

त्यसपछि मेयर जंगिए ’ए ! मैले एउटा सहसचिबबाट पास लिनुपर्ने ? वाहियात !’

सिडियोले नसुनेपछि मेयरले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर भने, ‘त्यो ट्राफिक प्रहरीले मेरो गाडी रोक्यो, रोक्ने प्रहरीलाई निलम्बन गरिदिनुपर्यो ।’

मेयरको कुरा सुनेपछि गृहमन्त्री श्रेष्ठले हाँस्दै जवाफ फर्काए, ‘शनिबार गाडी प्रयोग गर्न त पास आवश्यक परिहाल्छ नि, यसलाई तपाईंले इस्यु बनाउन भएन । आफ्नो ड्युटी पूरा गर्ने प्रहरीलाई पुरस्कृत गर्ने कि दण्डित ?’

नारायणकाजी श्रेष्ठको अभिव्यक्ति सुनेपछि मेयरले फोन राखे र सिंहदरबार जलाइदिने धम्कीसहितको एउटा स्ट्याटस लेखेर सार्वजनिक गरे ।

अब बुझौं गल्ती कसको ?’

त्रिपाठी स्तरको पत्रकारले जे जति लेखे त्यो निश्चित रूपमा धेरै हदसम्म सत्य हो भनेर मान्नुपर्नेहुन्छ । त्रिपाठीले यहाँ जजसलाई उद्धृत गरेका छन् उनीहरू (गृहमन्त्री र काठमाडौंका प्रजिअ) कसैले पनि यसमा इन्कार गरेका छैनन् । स्वयं बालेनका तर्फबाट आएको वक्तव्यमा पनि गाडी रोकिएर छोडिएको बताइएको छ । बालेनको दाबी छ, ‘७ मिनेट रोकियो, दुव्र्यवहार भयो, केरकार भयो ।

उनले चेकिङमा रहेका प्रहरी नसामा भएको समेत आरोप लगाएका छन् । बालेनका अनुसार प्रहरीका तर्फबाट भनिएभन्दा ४ मिनेट बढी रोकिएको रहेछ । माथि त्रिपाठीले उल्लेख गरेको वार्तालाप हुन पनि ३-४ मिनेट त लाग्यो होला । अब बालेनको दाबी अनुसारको अतिरिक्त ३-४ मिनेटमा कति केरकार र दुव्र्यवहार भयो होला ? अनि प्रहरीले मादकपदार्थ सेवन गरेको पनि पत्ता लागेछ । थोरै सोचनशील मानिसले कुरो बुझ्न गाह्रो छैन ।

नवजात शिशुलाई स्तनपान गराउन गएकी र आफंै अत्यन्तै कष्टमा रहेकी श्रीमतीका साथमा स्वयं बालेन किन थिएनन् ? भोलिपल्ट एक्कासि बालेनलाई पुत्रीलाभको बधाई किन आयो ? पुत्री त नौ दिनअघि नै पैदा भइसकेकी रहिछन् । सुत्केरी व्यथाको कथा किन प्रचारमा ल्याइयो ? वास्तवमा बालेन साहतर्फ अनगिन्ती प्रश्न तेर्सिन्छन् । जवाफ सजिलो छैन । ढाँटेको कुरो काटे पनि मिल्दैन । ल भैगो, एकक्षणलाई मानौं– बालेनका सम्पूर्ण दाबी ठिक छन् रे । के ‘सिंहदरबार जलाउने’जस्ता हिंस्रक अभिव्यक्ति दिन उनलाई छुट छ ?

यस हप्ता अर्को एउटा घटना पनि भयो । गत बुधबारका दिन नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरीद्वारा सांघातिक हमला भयो । यादव भाग्यले बाँचेका छन् । आक्रमणकर्ता राप्रपा कार्यकर्ता श्यामबहादुर सापकोटाले ‘राजतन्त्र जिन्दावाद,’ ‘एमसिसी मूर्दावाद,’ ‘हाम्रो राजा …. ’ इत्यादि नारा लगाएछन् र ‘छिनाल्न नपाएको’ मा आक्रोश पनि व्यक्त गरेछ्न् । यो घटनामा राप्रपा वा राजेन्द्र लिङ्देनको हात छ भनेर निक्र्योल निकाल्नु नितान्त गलत हुन्छ । यस्ता घटनाले राप्रपा वा यसका अध्यक्ष लिङ्देनलाई रत्तिभर पनि फाइदा पुग्दैन । त्यहाँबाट यस्ता मूर्खतापूर्ण घटनाको प्रायोजन होला भनेर कल्पना पनि गर्न सकिन्न ।

आखिर बालेनको सो बोली र सापकोटाको यो आक्रमण किन भयो त ? बालेनको बोली चाहिँ सामाजिक सञ्जालको प्रयोगबाट जेजस्तो पनि हासिल गर्न सकिन्छ भन्ने सोच र ‘म सर्वेसर्वा हुँ’ भन्ने दम्भबाट प्रेरित देखिन्छ । हुन पनि राजनीतिक रूपमा कुनै हैसियत नभएका बालेनले सामाजिक सञ्जालको अत्यधिक सदुपयोग वा दुरुपयोग गरेर नै निर्वाचन जितेका हुन् । कलिलो युवा मस्तिष्कमाथि उनले सामाजिक सञ्जालमार्फत नै नियन्त्रण गरेका हुन् । बिपी, पुष्पलाल र गणेशमानलाई ‘ती को हुन् ?’ भन्ने ‘आधुनिक’ युवायुवतीलाई बालेनको मादक व्यक्तित्वले कतिसम्म आकर्षित गर्यो भने तिनीहरूले आफ्ना अभिवावकलाई ‘बालेनलाई भोट नदिए मरिदिन्छु’सम्म भन्न भ्याए । यो सुनियोजित ढंगले सामाजिक सञ्जाल सञ्चालनको नै कमाल थियो ।

निर्वाचनपश्चात् त बालेनको दिमागमा ‘मैले जे गर्दा पनि हुन्छ, मभन्दा माथि कोही छैन’ भन्ने अहंकारले उग्र रूप नै लियो । त्यसमाथि ‘राष्ट्रवाद’ को जलप लगाएपछि त मलाई कसले छुन सक्छ र भन्ने अभिमान पनि जाग्यो । विवादास्पद हिन्दी चलचित्र ‘आदि पुरुष’मा कहीँकतै नभएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने उनको भ्रामक बोली पनि बेचियो । र पनि, उनी लोकप्रिय रहिरहे ।

यी सब कुरा गरिरहँदा महानगरप्रमुखका रूपमा उनले गरेका कैयन राम्रा कामको अवमूल्यन गर्न खोजिएको पटक्कै होइन । उनले कतिपय प्रशंसनीय काम गरेका छ्न् । तर उनको लोकप्रियताको मुख्य कारण चाहिँ सामाजिक सञ्जालमार्फत युवा मस्तिष्कमाथि अतिक्रमण र व्यक्तित्वमा जबर्जस्ती लेपन गरिएको ‘राष्ट्रवाद’को जलप नै हो ।

श्यामबहादुर सापकोटाको कर्तुतका पछाडि पनि मौलिक ‘राष्ट्रवादी’ उफान देखिन्छ । एमसिसीलाई गाली गरेपछि र फ्याकिसकिएको राजा र राजतन्त्रको जयजयकार गरेपछि महान् राष्ट्रवादी भइन्छ र लोकप्रिय भइन्छ भन्ने फतुरले पनि सापकोटाको दिमागमा जरो गाडेको देखिन्छ । यो चाहिँ निश्चित रूपमा उनको माउपार्टी भनिएको राप्रपाको दर्शनबाट नै प्रेरित हुन सक्छ । तर, उनले गरेको आपराधिक क्रियाकलाप चाहिँ राप्रपाबाट प्रेरित होइन होला । विगतमा राष्ट्रवादी भनाउँदो चित्र प्रस्तुत गरेर अनि उग्र कुरा गरेर सामाजिक सञ्जालमार्फत ‘नायक’ बनेकाले सापकोटालाई निकै प्रेरित गरेको हुनुपर्छ । रवि लामिछानेजस्ता ‘नायकहरू’को अक्षम्य अपराधसमेत ढाकछोप भएकाले कैयन श्याम सापकोटा त्यही पदचिह्न पछ्याउन हौसिएका होलान् ।

यति सब भन्दाभन्दै मूलधारका भनिएका राजनीतिक दल र तिनका नेता मात्र होइन, मूलधारका भनिएका सञ्चारमाध्यम पनि यो खाले विकृतिका लागि जिम्मेवार छन् भन्दा अत्युक्ति नहोला । स्थापित राजनीतिक शक्तिबिच बेथिति र नालायकीपन नभएको भए बालेन र सापकोरा प्रवृत्ति मौलाउन पाउने थिएनन् । अर्कोतर्फ, मूलधारका भनिएका सञ्चार जगतले स्वार्थी र भ्रष्ट प्रवृत्ति नदेखाइदिएको भए कथित नयाँ मिडियाले यिनलाई विस्थापित गर्न सक्ने थिएनन् । राजधानी दैनिकमा सरोज मिश्रले लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending