Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

सुनसरीकाे धरान देखी धनकुटाकाे राजारानी जोड्ने सडक अलपत्र

खबरडबली संवाददाता

सुनसरी ।  धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक अलपत्र बनेको छ  । धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो  ।

दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ  । समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए  । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ  । तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा सभामुख प्रदिप भण्डारीको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो  ।

भण्डारीले उक्त सडकको शिलान्यास गरेका थिए  । दुई वर्षमा सडक सम्पन्न गरिसक्ने भन्दै लुम्बिनी गजुरमुखी गैरफेन्ज कम्पनिले ठेक्का लिएको थियो  । पछिल्लो समय सडक निर्माण गर्न पेटि ठेक्का इन्दु तुमाम्फेले लिएका थिए  । पेटि ठेक्का लगाए पनि सडकको काम २० प्रतिशत पनि नभएको ४ का वडाअध्यक्ष धन बहादुर राईले बताए  ।

दुई वर्ष भित्र निर्माण गरिसक्ने भन्दै ठेक्का लागेको सडक ४९ करोड बजेट प्रदेशले टेन्डर लगाएको थियो । ३० फिटको बाटो निर्माण गरिने भनिए पनि २१ फिट पिच हुने सम्झौता भएको अध्यक्ष राईले बताए । प्रदेश सरकार सँग समेत बारम्बार सडक निर्माणको काम ढिलाईको विषयमा जानकारी गराउँदा चासो नदेखाएको राईले बताए  ।

उनले भने, ‘सरकारको समेत कमजोरी देखिएको छ, ३५ प्रतिशत बिलोमा टेन्डर राखेर ठेकेदारलाई ६५ प्रतिशतमा दिएर १ सय प्रतिशतको काम गर्न लगाउने सिस्टम छ, ठेकेदारले आफुलाई नाफा राखेर काम गर्न खोज्दा कमसल मात्रामा सामान प्रयोग गरेर बनाउदा सडकको बनेको डूेनहरु समेत भत्किएको छ ।’

मन्त्रालयबाटै टेण्डर लागेको हुनाले वडाले अनुगमन समेत गर्न नमिले पछि सडक सुस्त तरिकाले निर्माण भएको उनले बताए  । उनका अनुसार सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट ४ बर्ष अघि टेन्डर लगाएको थियो  । ठेक्का समयावधि सकिएको दुई बर्ष वितिसक्दा समेत सडकले कुनै नयाँ रुप लिन नसक्दा स्थानीयवासिहरुलाई निकै समस्या बनाएको अध्यक्ष राई बताउँछन्  ।

बाटो डोजर लगाएर त्यसै छाडिएको छ  । बर्खामा पहिरो जाने, बाटो भत्किदा दैनिक आवश्यक पर्ने खाद्यान ल्याउन समेत निकै कष्टकर हुने गरेको श्री गाउँका किशोर राई बताउँछन्  । उनले भने, ‘बाटो निर्माण शुरु हुँदा एक किसिमको खुशि ल्याएको थियो । गाउँमा उत्पादन भएका सब्जीहरु बजार सम्म पुर्याएर व्यवसाय गर्ने, उत्पादन भएको सामाग्रीहरुको बजारीकरण गर्न सकिने थियो, त्यो सपना अधुरो नै रह्यो  ।’

गाउँमा उपचारको लागि सामान्य औषधी लिन समेत धरान आउनु पर्ने हुँन्छ  । वर्षामा पहिरो जाँदा बाटो अबरुद्ध हुँदा ज्यान नै जोखिममा पर्ने गरेको छ  । घन्टौ लगाएर बजार पुर्याउनु पर्ने बाध्यता रहेको राईको गुनासो छ  । वडा नम्बर ४ मा प्राथमिक र निमावि सम्म मात्रै पढाइ हुने भएकाले उक्त क्षेत्रमा विद्यार्थीहरु अध्ययन गर्न धराननै आउनुपर्ने बाध्यता छ  ।

दानावारी, हर्दिया, तेलनपुर र ढाँडेका विद्यार्थीहरु मावि तहको शिक्षा लिन यातायातको साधन ओहोरदोहोर गर्न नसक्ने भए पछि सकस भएको राईले बताए  । सडक समयमा निर्माण हुन सके धरानको वडा नम्बर ४ लगायत मोरङ, धनकुटाका धेरै ठाउँको विकास र कृषि उत्पादन बजार सम्म ल्याउन सकिन्थ्यो  ।

बाटो निर्माण समयमा नहुँदा स्वास्थ र शिक्षा र कृषि समेत असर पुगेको हर्दियाका पदम राईले बताउँछन्  । सडक धरान १५ को निराजन बस्ती हुँदै धरान वडा नम्बर ५ देविगाँउ, वडा नम्बर ४ को पत्रङवारी, श्री गाउँ, दानाबारी, हर्दिया, शेर्गे, तेलनपुर, ढाडे र मोरङको ओखरे, धनकुटाको राजारानी, टाकुरे याङशिला हुदै सतिघाट जोडने उद्देश्यले निर्माण शुरु गरिएको थियो  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

पर्यटकको रोजाइ बनेको अन्तुमा बेथिति : रातभर डिजे, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले पर्यटन संकटमा

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...

धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको दुःखद मृत्यु

बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...

म्याग्दीका सडक र स्वास्थ्य पूर्वाधार सुधारमा मन्त्री महावीर पुनको जोड

बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...

साउन १५ भित्र मधेस सरकारमा ठूलो हेरफेर, मन्त्रालय १२ बाट ९ मा झार्ने तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग : नागढुंगामा सवारी रोकियो, बीपी राजमार्ग खुल्यो

काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...

दाङमा भेटियो दुर्लभ राज गोमनको गुँड, चराजस्तै गुँड बनाउने विश्वकै एकमात्र सर्प

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...

बाढीबाट जोगाउन हटाइएका सुकुम्बासी फेरि बाढीमै, थातथलोमै फर्काउने सरकारको योजना

काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending