Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

खबरडबली संवाददाता

सर्लाही । उखुमा  अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।

अनेकौ समस्या व्यहोरेर  पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा  उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल  बढेको सहभागी किसान माधव थापाले बताए ।

पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन भ्रमण गराएको हो । उद्योगले आफ्नो फार्ममा लगाएको उखु खेतीको अवलोकन गराउनुका साथै अन्तक्र्रियासमेत गराएकोे अर्की कृषक धनमाया विकले बताइन् ।

उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा जानकारी गराइएको उद्योगको प्रशासन शाखाका अधिकारी डाकुरप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार उद्योगले अहिले २८ बिघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएकामा र सो स्थलको अवलोकन गराइएको थियो  । उखु उत्पादक किसानको उत्पादन राम्रो भए चिनी उद्योग र किसान दुबैले राम्रो प्रतिफल पाउने  भएकाले आधुनिक प्रविधि प्रयोग गरी उखु खेती गर्नुको विकल्प नरहेको उद्योगका  प्रवन्धक योगनारायण रजकले बताउनुभयो । उनले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा जमिनमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा लगाइएकोे जानकारी दिए ।

नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र किसानको आम्दानी वृद्धि हुने उद्योगले जनाएको छ ।इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय बिघा जमिनमा रोप्न पुग्ने उनले बताए ।

उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न, उखु उत्पादक किसानको मनोवल बढाउन, उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमणसहित उखु उत्पादक गर्ने तरिका सिकाउने, उपलब्ध बिउ वितरण गर्ने, परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरी आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादनतर्फ आकर्षित गर्ने  भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो ।

सो क्रममा सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादनलगायत विषयमा जानकारी गराउननाका साथै  अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको उद्योगले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending