टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनीमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।
गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विस्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएका छन् ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो । वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताएका हुन् ।
आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए । सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् ।
हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...
फाल्गुन २३ गते, २०८२ - ०७:५०
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...
फाल्गुन २३ गते, २०८२ - ०७:३१
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...
फाल्गुन २३ गते, २०८२ - ०७:२९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...
फाल्गुन २३ गते, २०८२ - ०७:२६
काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...
फाल्गुन २३ गते, २०८२ - ०७:१७
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...
फाल्गुन २३ गते, २०८२ - ०७:०४
काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...



प्रतिकृया लेख्नुहोस्: