डेनमार्क । आफ्नो मातृभूमि छोडेर डेनमार्कमा वसोवास गरिरहेका नेपाली व्यवसायीहरुको वृहत भेलाले ‘नेपाली व्यवसाय संघ’ गठन गरेको छ । गत अगस्ट ३ तारिखमा डेनमार्कमा उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई व्यवसायमा रुपान्तरण गर्ने सोचका साथ संगठित भई एकबद्ध भएको बताएका छन् ।
राजधानी कोपनहेगनमा बसेको उक्त भेलाले मिलन टि। श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यन अध्यापनसँगै आइटी क्षेत्रमा लामो समय डेकी सक्रिय मिलनलाई भेलाले निर्विरोध अध्यक्ष चयन गरेको हो । सोही भेलाले उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्ष कुलराज शर्मालाई चयन गरेको छ ।
यस्तै, कार्यसमिति सदस्यतर्फ नरेन्द्र पौडेल, योगेश भट्टराई, बुद्धी सापकोटा, किसोर प्रसाई र सुवर्ण गौतम चयन भएका छन् भने लेखा निरीक्षकको जिम्मेवारी नविन पौडेलले पाएका छन् ।
सोही भेलामा डेनमार्कमा रहेका नेपालीलाई सहयोग गर्ने र सहकार्य गर्ने सम्भावित विषयमा छलफल गरिएको उपाध्यक्ष शशीले जानकारी दिए । उनले भने,‘प्रवासमा आएर नेपालीहरूले गरेको प्रगतिलाई संस्थागत र सहकार्य गरेर अगाडी बढाउने छौं । व्यवसायका क्रममा देखिएका समस्या मात्र नभई अनुभव साट्दा यसले सबैलाई सँगै अगाडी बढ्न मदत गर्छ ।’
नेपाली वस्तुको प्रवर्द्धन गरी डेनमार्कमा नेपाली बजारको स्थापना गर्ने, व्यावसायिक अनुभव साट्दै सहकार्य गर्ने, एकै प्रकृतिका व्यावसायी सहकार्य गर्दै अगाडी बढ्ने, नयाँलाई प्रोत्साहन गर्ने, सूचना एकापसमा सञ्चार गर्ने, स्वास्थ्य प्रतिष्पर्धात्मक बजार निर्माण गर्ने, डेनमार्कमा नेपाली पहिचान स्थापित गर्ने लगायतका विषयमा छलफल गर्नुका साथै यसलाई कार्यन्वयन गर्ने सहमति भएको अध्यक्ष मिलनले जानकारी दिए ।
उनले भने,‘हामी हाम्रो उदेश्यलाई पुरा गर्दै अगाडी बढ्ने छौं । आगामी दिनहरुमा नेपाली संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाली तथा स्थानिय डेनिश कम्पनि तथा संघसंस्थाहरूसँग सहकार्य गर्दै व्यावसायसँगै मानवीय सेवाका कामहरु गर्ने छौं । यसको विसुद्ध उदेश्य नै सेवा हो ।’ उनले गठित संस्थामार्फत डेनमार्कमा रहेका नेपालीलाई लाभान्वित हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: