दोलखा । दोलखामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या अत्यन्तै न्यून देखिएको छ । जिल्लामा २०७७ साल असार १७ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएपनि हालसम्मको अवधिमा ३२ हजार ७ सय २६ जनाले मात्रै राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
जसमा २० हजार २ सय ९१ जना पुरुष र १२ हजार ४ सय ३५ जना महिला रहेका छन् । सरकारले सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणका रुपमा मान्यता दिएका कारण राष्ट्रिय परिचयपत्र हरेक नेपाली नागरिकले बनाउन आवश्यक छ । परिचयपत्र लागु भएपछि नेपाल सरकारबाट प्रदान गरिने कुनैपनि सेवासुविधा प्राप्त गर्न वा त्यस्तो सेवासुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्ने दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । दोलखामा विशेषगरी विदेश जाने प्रयोजनका लागि राहदानी बनाउन आउनेहरुले मात्रै परिचयपत्र बनाएको पाइएको छ । प्रशासन कार्यालयमा दैनिक ६० देखि ७० जनाले परिचयपत्र बनाउने गरेका छन् ।
यसैवीच, दोलखामा गत आर्थिक वर्ष २०७९/८० मा ८ हजार ९ सय २१ जनाले राहदानी लिएका छन् । ५ हजार ७ सय महिला र ३ हजार ३ सय २१ जना पुरुषले गत आर्थिक वर्ष प्रशासन कार्यालयबाट राहदानी लिएका छन् । यो तथ्यांकलाई हेर्दा दोलखामा पुरुषको तुलनामा २ हजार ३ सय ७९ जना बढी महिलाले राहदानी लिएका हुन् । महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउने महिलाको संख्या पनि बढी देखिएको सहायक प्रजिअ आलेले बताए । गत आर्थिक वर्ष ५२ जनाले दु्रत गतिमा सिफारिस लिएर राहदानी बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष २०७९/८० मा १६ हजार २ सय ९२ जनाले नागरिकता लिएका छन् । ७ हजार ७ सय ४३ महिला र ८ हजार ५ सय ४९ जना पुरुषले नागरिकता लिएका हुन् । जसमा वंशजको आधारमा ७ हजार २ सय ६७ र प्रतिलिपि नागरिकता ९ हजार २५ जनाले लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...
श्रावण ४ गते, २०८३ - ०९:१२
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...
श्रावण ४ गते, २०८३ - ०९:०९
बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...
श्रावण ४ गते, २०८३ - ०८:५७
बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...
श्रावण ४ गते, २०८३ - ०८:५१
जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...
श्रावण ४ गते, २०८३ - ०८:४७
काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...
श्रावण ४ गते, २०८३ - ०८:३६
काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...
श्रावण ४ गते, २०८३ - ०८:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...
श्रावण ४ गते, २०८३ - ०८:२३
काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...



प्रतिकृया लेख्नुहोस्: