काठमाडौं । एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।
भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो । वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।
भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । उनले ९७ बलमा आठ चौका प्रहार गरे । त्यस्तै सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन बनाउदा दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए । भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: