टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् ।
लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने, “एक बिघा जमिनमा मात्रै छ हजार बढीको विषादी छर्नुपर्छ । चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ । नछरे बाली जोगाउन मुस्किल छ ।”
त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको समस्याले पूरै खेतमा धानको गुबो मर्दै गएको छ । धान फस्टाउने समयमा गुबो मर्न थालेपछि उनले पनि कृषि प्राविधिकको सल्लाहनुसार विषादी छर्ने सोच बनाएको बताए । “किसानलाई कहिल्यै सुख भएन, कहिले सिँचाइको अभाव, कहिले छाडा पशु चौपायाको त्रास, कहिले बाढीले बाली नोक्सान गथ्र्यो”, उनले भने, “केही भएन भनी धानबालीमै रोग लाग्यो । अब विषादी छर्न फेरि रकमको जोहो गर्नुपर्ने भयो ।”
टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीको धानबाली पनि गबारोले नोक्सान गरेको छ । कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्याउने गर्दछ । धानमा पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् । धानमा गबारो कीराको समस्या तीव्ररूपमा फैलने भएकाले धान केही दिनमा नष्ट हुने गरेको किसान वीरबहादुर चौधरीले बताए ।
“गबारो कीराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने, “मलगायत अन्य किसानको धानबालीमा यस्तै रोग देखिएको छ ।”
धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सुक्ष्म तत्वको कमीले गबारो कीराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिकको भनाइ छ । गबारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्ने क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका प्रमुख सिद्धराज उपाध्यायले बताए । “यसका लागि रासायनिक विषादीको प्रयोग तथा खेतमा ध्यान दिँदा सहजै नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “किसानले धानखेतको नियमित अवलोकनसहित नियन्त्रणका भौतिक विधि अवलम्बन गर्नुपर्छ । बालीमा रोग फैलिएमा विषादीको प्रयोग गर्नुपर्ने हुन्छ ।”
प्रमुख उपाध्यायका अनुसार धानबालीमा गबारो कीराको प्रकोप देखिए धान उत्पादनमा कमी हुन्छ । “धान पसाउने बेलामा गबारो कीराको प्रकोप भए बाला पूरै सेतो हुने भएकाले गबारोको सङ्क्रमणदेखि बाला लाग्ने बेलासम्म नियन्त्रणका कार्य गर्नुपर्छ”, उनले भने, “प्रकोपका रूपमा फैलिएको भए कृषि प्राविधिकको परामर्शमा विभिन्न रासायनिक विषादी प्रयोग गर्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: