Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

खबरडबली संवाददाता

बागलुङ । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् । किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । 

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती  बङ्गुर मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बङ्गुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ ।  

विनियोजित बजेटले खाली रहेको बङ्गुरका खोरमा पुनः बङ्गुर पाल्नका लागि बङ्गुरका पाठा प्रदान गर्ने र बङ्गुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा ऋषिराम शर्माले जानकारी दिए । केन्द्रको तथ्याङ्क अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बङ्गुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट चार सय बङ्गुर मरे पनि एक सय २२ बङ्गुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ । 

जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियोएकाे र बागलुङ बजारका धेरै बङ्गुरपालन किसानहरुकाे खोर रित्तै हुने गरी बङ्गुर मरेका हुनाले उनीहरुलाई अनुदान दिइन लागेकाे बताए । बङ्गुरपालन किसानले करोडौँको क्षति बेहोर्नुपरेका कारण  सबै क्षतिको राहत दिन नसकिने भए पनि कम्तीमा पुनः बङ्गुरपालनमा फर्काउनका लागि बङ्गुरका पाठा दिने कार्यक्रम  रहेकाे पशु चिकित्सक सापकोटाले बताए ।

उनले भने- “बङ्गुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उहाँहरुलाई पुनःस्थापनका लागि बङ्गुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बङ्गुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बङ्गुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।”

बङ्गुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बङ्गुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए । “किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गरेका थियाैँ”, बङ्गुरपालन किसान पुनले भने, “राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।”

बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बङ्गुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बङ्गुरपालन किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ । चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बङ्गुरको मासुको उत्पादनमा कमी आएको बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न रु १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न रु २४ लाख, कृतिम गर्भाधान गर्न रु २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending