Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

खबरडबली संवाददाता

बागलुङ । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् । किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । 

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती  बङ्गुर मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बङ्गुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ ।  

विनियोजित बजेटले खाली रहेको बङ्गुरका खोरमा पुनः बङ्गुर पाल्नका लागि बङ्गुरका पाठा प्रदान गर्ने र बङ्गुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा ऋषिराम शर्माले जानकारी दिए । केन्द्रको तथ्याङ्क अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बङ्गुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट चार सय बङ्गुर मरे पनि एक सय २२ बङ्गुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ । 

जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियोएकाे र बागलुङ बजारका धेरै बङ्गुरपालन किसानहरुकाे खोर रित्तै हुने गरी बङ्गुर मरेका हुनाले उनीहरुलाई अनुदान दिइन लागेकाे बताए । बङ्गुरपालन किसानले करोडौँको क्षति बेहोर्नुपरेका कारण  सबै क्षतिको राहत दिन नसकिने भए पनि कम्तीमा पुनः बङ्गुरपालनमा फर्काउनका लागि बङ्गुरका पाठा दिने कार्यक्रम  रहेकाे पशु चिकित्सक सापकोटाले बताए ।

उनले भने- “बङ्गुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उहाँहरुलाई पुनःस्थापनका लागि बङ्गुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बङ्गुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बङ्गुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।”

बङ्गुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बङ्गुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए । “किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गरेका थियाैँ”, बङ्गुरपालन किसान पुनले भने, “राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।”

बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बङ्गुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बङ्गुरपालन किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ । चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बङ्गुरको मासुको उत्पादनमा कमी आएको बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न रु १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न रु २४ लाख, कृतिम गर्भाधान गर्न रु २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending