Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

खबरडबली संवाददाता

जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् ।

उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौँथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको जन्मभएको थियो । ”

सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेकोे सचिवालय बैठक हुँदैछ । सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौँथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो । 

 सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पुर्याउने गरी हामी अगाडि बढ्ने छौँ । अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ ।”

उहाँले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताए ।  वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गरे  ।


एक अर्को प्रशंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । उनले नेकपा ९एमाले० को अडानपछि सरकार सुनकाण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरिय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्यतथ्य छानबिन गर्न पार्टीले सम्पूर्णरुपमा सहयोग गर्ने जानकारी दिए ।  

सचिवालय बैठकमा सहभागी हुन उहाँसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,  विष्णु पौडेल, सुवाशचन्द्र नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठलगायत नेताहरु त्यहाँ प्रस्थान भएका छन् । 

आज बिहान बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर आइपुग्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता भने विराटनगर हुँदै सिरहा पुग्ने कार्यक्रम छ । एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालयमा हाल १८ रहेका छन् । सचिवालय सदस्य एवं पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अहिले निलम्बनमा छन् ।

यसअघि यही भदौ ९ गतेदेखि बस्ने भनिएको सचिवालय बैठक निरन्तरको वर्षापछि स्थगित भएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: