Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

खबरडबली संवाददाता

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको छन्।

पुनका सहयोग चित्र तिलिजाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा म्याग्दीमा बुझाएको चुनावी खर्च विवरण अनुसार पुनले २८ लाख ६८ हजार आठसय ६८ रुपियाँ चुनावमा खर्च गरेको हो । चुनावी खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद तीन हजार, प्रचारप्रसार सामग्री खरिद दुई लाख ९० हजार पाँचसय ७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार नौसय ९८, चालक ज्याला एक लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख सात हजार ६१९, डिजेल खर्च तीन लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार आठसय ७७ रुपियाँ खर्च भएको छ ।

यसैगरी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३० लाख २८ हजार एकसय २० रुपियाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । श्रेष्ठले बुझाएको विवरणमा  मनोनयन दर्तामा १० हजार, एक लाख ५७ हजार, प्रचारप्रसार एक लाख २० हजार, प्रचार सामग्री उत्पादन तीन लाख ६ हजार पाँच सय १०, यातायात तथा इन्धन खर्च तीन लाख, चुनावी अभियान खर्च तीन लाख ७० हजार, वडास्तरीय चुनाव परिचालन खर्च ६ लाख पचास हजार, साउन्ड सिस्टम एक लाख पचास हजार, मतदाता नामावली प्रिन्ट दुईलाख २५ हजार र मतदान प्रतिनिधि खर्च एकलाख ३९ हजार ६२५ रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले १९ लाख ३० हजार रुपियाँ बराबर खर्चभएको विवरण निर्वाचन कार्यालयमा बुझाएको छन्। भण्डारीले बुझाएको विवरणमा मनोनयन दर्ता १० हजार,यातायात खर्च पाँच लाख, इन्धन ८० हजार,मतदान प्रतिनिधि ६ लाख, चुनाव प्रचारप्रसार सामग्री उत्पादन दुई लाख, भण्डा व्यानर ६० हजार र खाजा खाना खर्च ४७ हजार रुपियाँ खर्च भएको उल्लेख छ ।

पुनले २२ हजार आठसय ५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१२ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ६ हजार ६७६ मत ल्याएको थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

बैतडीमा दुई महिलाको मृत्यु

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...

सुनको मूल्य दुई हजार ८०० ले घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...

चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ । बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका...

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: