Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कुवेतबाट साेविनाले रुदै भनिन कुटाइले थिलथिलो भएँ,उद्धारकाे अनुरोध

खबरडबली संवाददाता

‘म ७ वर्ष कुवेत बसेर आएँ । अब म जान्छु, श्रीमानले काम गर्दैन मेरो छोरा पनि हुर्काउनु छ भनेर छोरी पठाएँ, अहिले कुटाइ खाएकी छे काम गर्न जानिन होला, दुःख पाएँ भन्छे ।

सरकारले सहयोग गरिदिए छोरीलाई फर्काउन हुन्थ्यो ।

काठमाडाैं । घरेलु कामदारको रूपमा कुवेत पुगेकी चितवनकी सोविना परियारले आफूलाई उद्धार गरिदिन आग्रह गरेकी छन् । घरमालिकले कुटपिट गरेर सहनै नसकिने अवस्थामा पुर्‍याएको भन्दै उद्धारको लागि उनले अनुरोध गरेकी हुन् ।

उनले चितवनमा रहेकी आमा ईश्वरीमाया दमाईलाई फोन गरी आफूलाई नेपाल झिकाइदिन अनुरोध गरेकी हुन् । उनकी आमा ईश्वरीका अनुसार सोविना कुवेत गएको गत वैशाखमा १ वर्ष ५ महिना भएको छ । २०७९ साल वैशाखमा भारतको बाटो हुँदै दलालमार्फत घरेलु कामदारको रूपमा उनी कुवेत पुगेकी थिइन् । उनी काठमाडौंबाट पासपोर्ट बनाएर कुवेत गएकी हुन् ।

कुवेतमा सुरुमा बसेको साहुले खानसमेत नदिएपछि उनी ८ महिनाअघि अर्को घरमा काम गर्न सरेकी थिइन् । अहिले काम गरिरहेको घरकी साहुनी र उनकी छोरी मिलेर दिनदिनै कुट्ने गरेको बताएको उनकी आमा ईश्वरीले जानकारी दिइन् ।

साउन महिनामा सोबिनाले टिकटक बनाएको देखेपछि आफूलाई मरणासन्न हुनेगरी कुटेर फोनसमेत नदिएको सोबिनाले बताएकी छिन् । चितवनकै अभियन्ता देवीका कुँवरलाई पुरानो फोनबाट भ्वाइस म्यासेज पठाएर उनले आफूलाई इन्टरनेट पनि चलाउन नदिने गरेको बताएकी थिइन् ।

इन्टरनेट चलाउन पनि आफ्नो पैसा खर्च गर्नुपर्छ । मलाई घर पठाइदे भन्दा २ वर्षको लागि तेरो पैसा तिरेको छु फिर्ता दिएर जा भन्छ ।’

उनले आफूसँग पैसा आउने बित्तिकै घर पठाउने गरेकोले साथमा पैसा पनि नभएको बताएकी छिन् । सोबिनाका अनुसार दीपक पाण्डे नाम गरेको व्यक्तिको सम्पर्कबाट उनी कुवेत पुगेकी हुन् । उनको नेपालको सम्पर्क नम्बर छैन भारतको मात्रै नम्बर रहेको सबिनाले बताएकी छिन् ।

सोविना भरतपुर ५, मा बस्थिन् । उनको ७ वर्षको एक छोरा छ र श्रीमानले पनि रक्सी पिएर यातना दिने कारणले छोरा पढाउने खर्च जुटाउन कुवेत गएकी हुन् ।

उनकी आमा ईश्वरीले भनिन्, ‘म ७ वर्ष कुवेत बसेर आएँ । अब म जान्छु, श्रीमानले काम गर्दैन मेरो छोरा पनि हुर्काउनु छ भनेर छोरी पठाएँ, अहिले कुटाइ खाएकी छे काम गर्न जानिन होला, दुःख पाएँ भन्छे । सरकारले सहयोग गरिदिए छोरीलाई फर्काउन हुन्थ्यो ।’

महिनाको ३०/४० हजारका दरले पैसा भने पठाउने गरेको उनकी आमा ईश्वरीले जानकारी दिइन् । परियारका श्रीमान् ताराबहादुर विश्वकर्मा हुन् । उनी गाडी चलाउँछन् ।

उनले श्रीमती नेपाल आएर आफूसँग नबस्ने भनेकोले निवेदन दिएर नेपाल फर्काउन नचाहेको बताएका छन् । उनले निवेदन दिन समेत इन्कार गरेका अभियन्ता कुँवरले बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE