Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सातमध्ये चार विश्वविद्यालयमा उपकुलपति सिफारिस

\"OLYMPUS काठमाडौं । साउन २२ गतेदेखि उपकुलपतिविहीन मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री सुशील कोइरालासमक्ष सिफारिस गरेको छ । सिफारिस गरिएकामध्ये सबैको आइतबार नै नियुक्तिसम्बन्धी निर्णय गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । नौवटा विश्वविद्यालयमध्ये सातवटा गत साउन २२ गतेदेखि उपकुलपतिविहीन छन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डा। तीर्थराज खनिया, पूर्वाञ्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरिएको छ । सत्ता साझेदार एमालेको सहमतिविपरीत उपकुलपति नियुक्तिको सिफारिस गरिएको भन्दै एमाले निकट प्रगतिशील प्राध्यापक संघले गम्भीर आपत्ति रहेको प्रतिक्रिया दिएको छ । चार विश्वविद्यालयमा सिफारिस भएका सबै कांग्रेस निकटका प्रध्यापक रहेका छन् । त्रिविमा सिफारिस गरिएका खनिया नेपाली कांग्रेसकै तर्फबाट यसअघि उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष र राष्ट्रिय योजना आयोगका सदस्यसमेत भइसकेका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट गत संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा उम्मेदवारको दाबेदार थिए । तर सोही क्षेत्रबाट पार्टी सभापतिसमेत रहेका कोइराला उम्मेदवार हुने भएपछि उनी पछि हटेका थिए । खनिया पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका कोइरालालाई सहयोग गरेको भन्दै त्रिविको उपकुलपतिमा नियुक्तिका लागि दौडधुपमा थिए । नेपाल संस्कृतमा सिफारिसमा परेका कोइराला नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष हुन् । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाली विषय पढाउँछन् । पूर्वाञ्चलमा उपकुलपतिमा सिफारिस गरिएका दास विराटनगरको महेन्द्रमोरङ क्याम्पसका पूर्वप्रमुख हुन् । उनी यसअघि सत्य मेलमिलाप तथा निरूपण आयोगसम्बन्धी सिफारिस समितिका सदस्य थिए । उनी पनि प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सिफारिस गरिएकी श्रेष्ठ पनि प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध छिन् । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढाउँछिन् । उनी नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । एमाले निकटका प्राध्यापकहरूले चार वर्षअघि एमाले नेतृत्वको सरकार हुँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई समेत दुईवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिएको भए पनि यसपटक भने कांग्रेसले एकलौटी गरेको भन्दै विरोध गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending