Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अमेरिकाको विभिन्न सहरमा ‘बगान’

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्यो ।

त्यसपछि सबै भन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन् ।

अगस्टको अन्तिमसाता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकाँस सहरमा देखाईने गीतकार वाग्लेले जानकारी दिए । उनले भने,‘हामीले अधिकाँस सहरमा प्रदर्शन तय गरिसकेका छौँ । नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिने छौँ ।’

चलचित्रको टिमले नेपालमा दर्शकमार्फत् सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिएँ ।

उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ । भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा ओक्टोबर १ मा प्रदर्शन तय भएको छ ।

यस्तै, टोरोन्टो क्यानाडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदैछ । यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकरी दिए ।

अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्नुभएकी अभिनेत्री कार्कीले सर्वत्र प्रसंशा बटुलेकी छिन् ।

‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामीले सोही अनुसार प्रदर्शन तय गरिरहेका छौँ’, गीतकार वाग्लेले भने । उनले अमेरिकाका केहि स्थानमा वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टसँगको सहकार्यमा समेत प्रदर्शन गरिने जानकारी दिए ।

स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending