Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

खबरडबली संवाददाता

गण्डकी । सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । 

पोखरा महानगरपालिका २५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए ।

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री वितरण गर्दै आएको छ ।

उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ ।

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ । त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो । साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो । 

कूल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले तीन वटा गाडीमार्पmत बजारमा पानी आपूर्ति गर्दै आएका छन् । गत आवमा पानी उद्योग सञ्चालनमा रु ६६ लाख ५१ हजार नौ सय १६ खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा रु ५४ लाख ७१ हजार नौ सय ७५ खर्च भएको थियो । 

“उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्पmत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ”, अध्यक्ष त्रिपाठीले भने, “वनको संरक्षण, संवद्र्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन ।”

फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट रु २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो । 

कम्पनीले जार रु ५० र एक लिटर बोतल भएको कार्टुन रु एक सय ५० र आधा लिटरको बोतलको कार्टुन रु दुई सय ४० मा बिक्री गर्दै आएको वन समूहका सचिव रमा त्रिपाठीले बताए । 

उनका अनुसार कूल २८ हेक्टर क्षेत्रफलमा पैmलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, बेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ । तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ । 

कूल ६५ लाखको लागतमा प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्पmत निकालिएको पानीबाट उपभोक्ताको एक सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए । 

सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण प्रचुर सम्भावना रहेर पनि वन समूहले वन उद्यम सञ्चालन गर्न अलमलिएको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको बुझाइ छ । 

उनले भने, “सामुदायिक वनको आम्दानीमा तीनै तहका सरकारले थोपारेको करका कारण वन पैदावारमा आधारित उद्योग धरासाही हुने र नयाँ उद्यम सञ्चालनमा समेत बाधक बन्ने परिस्थिति सिर्जना भएको सरोकारवालाको बुझाइ छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending