काठमाडौं । गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन् । उनले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
गायिका अधिकारीले ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबर झुटो भएकाे भन्दै उजुरी दिएकी हुन् । उनले जिल्ला प्रहरी कार्यालय, कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मलाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु।’
तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको थियाे । भिसा रद्द भएपछि सामाजिक सञ्जालमार्फत् समीक्षाले आफूलाई अस्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारीसमेत दिएकी थिइन् ।
तीज कार्यक्रममा लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी अधिकारीको भिसा के कारणले गर्दा रद्द भयो, स्पष्ट नभए पनि उनले अघिल्लोपटक लगेकी केयर टेकरका कारण रद्द भएको बुझिएको छ । उनी गत बर्ष सिड्नी जाँदा केयर टेकरका लागि भन्दै दिदीलाई पनि लिएर गएकी थिइन् तर फर्किँदा दिदीलाई उतै छोडेर उनी मात्रै फर्किएकी थिइन् ।
पुन: अस्ट्रेलिया जानका लागि उनले अर्को केयर टेकरसहित भिसाका लागि निवेदन दिइन् तर दुईजना केयर टेकरबारे प्रश्न उठाउँदै समीक्षाको एक वर्षका लागि लागिसकेको भिसा अस्ट्रेलियाले रद्द गरिदिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: