Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कोकनकाे अभियानपछि आत्मनिर्भर बन्दै जोडीहरु

आषिका लम्साल

विराटनगर । विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान, उनका श्रीमान  २६ बर्षिय सुरज पासवान, २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको पहिले सधै झगडा परिरहन्थ्यो । सधै हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिँसा सहन बाध्य थिए भने  उनीहरुका श्रीमानको रोजगार पनि भरपर्दो हुन सकेको थिएन । तर आजकल उनीहरुको घर झगडा पनि हुन छाडेको छ । श्रीमानहरुले  भरपर्दो रोजगार पनि थालेका छन । रेखा मासु पसल चलाउँछिन भने उनका श्रीमान सिटी रिक्सा कुदाउँछन । श्रीमतीलाई सघाउँछन । यस्तै तुलसीले कपडा व्यापार गर्न थालेकी छन ।

विराटनगर १५ भट्टाचौककी २८ बर्षिय पुनम साह आजकल व्युटीपार्लर चलाउँछिन । उनका श्रीमान जयप्रकाश नास्ता पसल गर्छन । सोही ठाउँकी २५ बर्षिया माला खातुनले पसल खोल्ने तयारी गरिरहेका छन । पहिले बेराजगार बस्न रुचाउने उनका श्रीमान ३२ बर्षिय सिकन्दर मियाँले  सिटी चलाउन थालेका छन् । पहिले सधै आपसमा झगडा गरिरहने यी दुवै दम्पत्तीहरु आजकल छोराछोरीलाई पालो पालो स्कुल लाने ल्याउने  पनि गर्छन ।

माथि प्रस्तुत भएका रेखा र सुरज , तुलसी र चन्दन अनि पुनम , जयकाश , माला र सिकान्दरको जोडी प्रतिनिधिमुलक मात्र हुन । उनीहरु जस्तै सधै झगडा गरिरहने तर पछि आपसी विश्वास बढेर रोजगारमा उत्प्रेरित भएका र भैसकेका  युवा दम्पत्तीहरु अरु पनि धेरै छन् ।

तर यो सबै त्यत्तिकै भएको हैन । यसमा विराटनगरमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले समुदायमा हुने हिंसा अन्तगर्न संञ्चालन गरिरहेको लैङगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गर्दा संभव भएको हो । कोकनले विराटनगर महानगरको ६ र १५ नम्बर वडाका  विगत डेढ बर्षदेखी विवाह गर्ने २९ बर्षसम्मका युवा जोडीहरुलाई सहभागी गराएर  भैरहेको घरेलु हिंसा अन्त गराउने अभियान सञ्चालन गरिरेको छ ।

जसले गर्दा विवाहित जोडीहरुमा हुने झैझगडा कम भएपछि महिलाहरुले पनि समाजिक र शारिरीक हिँसा भोग्नुपर्ने बाध्यता हटेको छ । आफना समस्याहरुमा निरन्तर सामुहिक रुपमा छलफल गर्न थालेपछि उनीहरुमा आत्मविश्वास बढेर रोजगारतर्फ अग्रसर हुन थालेको र सेवा प्रदायक सरोकारवालाहरुकोमापनि जान सुरु गरेको सामुदायिक स्वयंसेवकहरु  उदिप मण्डल र ईश्वरी खडका बताउँछन ।

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरुमा झुठो बोल्ने वानी हटन थालेको र आपसमा समझदारी बढेको विराटनगर ६की २६ बर्षिया रविना पासवान बताउँछिन । पहिले सधै शंका गरेर गालीगलौज गर्ने र घरबाट कतै जान नदिने रविना आजकल घरबाहिर निस्केर हाटबजारमा व्यपार गर्न थालेकी छन । सुकुम्बासी टोलका संजिता साह र दिपक साह अनि सुरज पोद्दार र सरिता पौद्दार पनि घरेलु हिँसा अन्त्यबारेको छलफलमा सहभागी भएपनि आफुहरुले पनि धेरै कुरा बुझन जान्न पाएकोले अन्याय सहनुहुदैन र आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने आत्मविश्वास बढाएको बताउँछन ।

उनीहरुका अनुसार लैङगिक हिँसा अन्त गर्ने छलफल अभियानले जोडीहरुमा  काममा साभेदारी गर्नुपर्छ भन्ने भावना पनि बढेको छ । साथै महिलाले घरमा बसेर छोराछोरीको हेरचाह गर्दै घरधन्दा मात्र गर्नुपर्छ भन्ने गलत समाजिक मान्यता पनि हटदै गएको छ ।

यति मात्र हैन छलफलमा सहभागी भएका २० जोडीहरुले आफनो समाजमा हुने घरेलु हिँसा , बालविवाह र जातिय विभेद अन्त्य गराउन पनि सहयोग गर्न थालेका छन । घरछिमेकमा घरेलु हिँसा भयो भने प्रहरी र सेवाप्रदायक निकायहरुलाई उनीहरुले सूचना पनि दिने गरेका छन ।  

स्वयंसेवक उदिप मण्डलका अनुसार विराटनगर ६ र १५ मा रहेका २९ बर्ष सम्मका विवाहित २० जोडीहरुलाई उनीहरुले नजिकै रहेको विद्यालय , मन्दिर वा सामुदायिक केन्द्रमा हरेक हप्ता विहान ६ देखी ८ बजेसम्म भेला गर्छन । छलफलमा सहभागी हुँदा केही रकम पनि प्राप्त हुने भएकोले दुई घण्टाका लागि जोडीहरु खुसी हुदै आउँछन ।

जोडीहरु भेला भैसकेपछि पहिले महिला र पुरुष स्वयंसेवकहरुले महिला र पुरुषसँग अलग अलग कुराकानी गरेर समस्याहरु बुझछन । त्यसपछि  विभिन्न अतिरिक्त्त क्रियाकलाप र चित्रहरुबाट घरेलु हिँसाका बेफाईदाबारे बुझाउदै जिवनउपयोगी शिक्षा पढाउँछन । जसले गर्दा विस्तारै पहिले हिँसामा संलग्न जोडीहरुमा परिवर्तन आउन थाल्छ र नेतृत्व पनि  विकास हुनथाल्छ ।

खराब सामाजिक मूल्यमान्यताले गर्दा समुदायमा हुदै आएको लैङगिक हिँसालाई अन्त्य गराउन अभियान सफल हुदै गएको फिल्ड संयोजक अशोक थापा बताउँछन । उनका अनुसार जवसम्म समुदायभित्रै छिरेर समस्या पहिचान गरि समाधानको पहल गरिदिैन तबसम्म समाजमा भित्रिरुपमा हुदै आएको लैङगिक हिँसा अन्त्य गर्न संभव छैन । उनी लैङगिक हिँसा अन्त गराउनका लागि सबै पालिकाहरुले वडा कार्यालयहरु मार्फत टोल टोलमा अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड पनि दिन्छन । भन्छन र्, लैङगिक हिँसा वाहिरी रुपमा न्युनिकरण भएपनि सिमान्तकृत समुदाय र गरिबहरुमा कायमै छ । यसैले पनि समुदायभित्रै छिरेर हिँसा अन्त्य गराउने अभियान प्रभावकारी हुन्छ ।’   

अभियानका संयोजक कृष्णकुमार राईका अनुसार समुदायमा हुदै आएको हिँसा अनत्य गराउन संयुक्त्त राष्टसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा लैङगिक विभेदमा आधारित हिँसा रोककथाम र प्रतिकार्य परियोजना सञ्चालनमा आएको हो ।

यो परियोजना अनुसार संञ्चालन भएको अभियानले लैङगिक विभेद र हिँसाले पिडित महिला र पुरुष मात्र नभएर उनीहरुको परिवार अनि सेवा प्रदायकहरुसँग संबाद गरेर समस्या समाधान गराउने गर्दछ । यसका लागि संस्थावाट खटिएका सामुदायिक स्वयंसेवकहरुले सहजिकरण गरिदिन्छन ।

जसले गर्दा महिला र युवा जोडीहरुले न्याय दिने निकायहरु न्यायिक समिति, वडा कार्यालय, जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यस्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, अस्पताल र संकट व्यवस्थापन केन्द्र र पुर्नस्थापना गृहदेखी लैङगिक हिंसा कोषदेखी भएका आधारभुत कानुनहरुबारे पनि जानकारी पनि प्राप्त गर्दछन । यसैले उनिहरुले गाउँघरमा हिंसा भएमा सूचना मात्र दिनेमात्र हैन आफै अघि सरेर सहजिकरण पनि गरिदिने गरेका हुन ।

जनसँख्यायिक स्वास्थ्य सर्बेक्षण सन २०१६ का अनुसार नेपालमा १५देखी ४९ बर्षका ५ जना मध्ये १ जना महिलाले प्रत्यक्ष हिँसा भोग्छन । ४ जना मध्ये १ जनाले श्रीमानबाट कुटाई खान्छन । एक सयमा ३१ जना पुरुष श्रीमती कुटनुपर्छ भन्ने चाहन्छन । हिँसा भोगिरहेका ६६ प्रतिशत महिलाहरुले प्रतिरोध नै गर्दैनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending