राजविराज । सप्तरीमा सार्वजनिक यातायात रोकेर बीच सडकबाटै एक महिला र पुरुषको अपहरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । घटनामा संलग्न रहेको आरोपमा राजविराज–१ का अजयकुमार दासलाई भदौ ५ गते नियन्त्रणमा लिएको हाे ।
गत साउन २९ गते भएको उक्त घटना सप्तरी प्रहरीले भदौ १० गते साँझ प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेपछि घटना सार्वजनिक भएको हाे । अपहरणमा संलग्न भएको आरोप लागेकाहरूले फिरौती रकम लिएपछि मात्र अपहरणमा परेकालाई छाडेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आफ्नो व्यावसायिक कामको सिलसिलामा धरानबाट राजविराज आएका एक महिला र एक पुरुष फर्किने क्रममा म्याजिक चढी रुपनीतर्फ गइरहेका थिए । सो क्रममा रुपनी–५ स्थित युनिक अस्पताल नजिक मोटरसाइकलमा आएका केही व्यक्तिहरूले म्याजिक रोकी तपाईंहरूसँग काम छ भन्दै ती महिला र पुरुषलाई ओरालेर अपहरण गरेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए ।
म्याजिकबाट ओरालेर अपहरण गरिएका दुवै जनाको साथमा रहेको ९७ हजार रुपैयाँ उनीहरूले लिएका थिए भने धरानमा रहेका महिलाका पतिलाई फोन गरी अपहरणकारीको आरोप लागेकाहरूले मोबाइल बैकिङमार्फत एक लाख रुपैयाँ फिरौती मागेको एसपी कार्कीले बताए । धरानबाट महिलाका पतिले मोबाइल बैंकिङमार्फत एक लाख रुपैयाँ फिरौती पठाएपछि अपहरणका आरोपितहरू घटनास्थलमा दुवै जनालाई छाडी फरार भएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: