काठमाडौं । सेलेब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडी बढिरहेका हुन्छन् । चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलेब्रेटीहरु पर्दामा मात्र देखिदैनन् सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागि नै रहेका हुन्छन् । यहि सन्दर्भलाई प्रस्तुत गर्दै नेपाली सेलेब्रेटीहरुले हिमालमा अर्थात हाई अल्टिच्युड ग्राउण्डमा फुटबलको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
बाईकस नेपाल र एन्ट फाउण्डेशनले सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेशनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउण्डेशनले सो कार्यक्रमको वारेमा जानकारी दिएको हो ।
स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु बिच सह अस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीहरुसँग मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।
“कलाकार देशका गहना हुन्, यसो मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भुमिकाबाट चुक्नु हुदैन । हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हामीली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरण वारे सूचना प्रवाह हुन्छ भने नि नगर्ने ? यसले राष्ट्रियतासँग प्रभाव पार्छनी । यसले त सिनेमा टुरीजम पनि बढ्छ ।” अभिनेता तथा एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले भने ।
तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ । सेलेब्रटीहरु राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु रहनेछ । जुन समूहलाई हिमालयन स्नो लेपर्ड नाम दिइएको छ । यस्तै स्थानिय खेलाडीहरुको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ । उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुनेछ ।
हिमालयन स्नो लेपर्ड समूह अर्थात सेलेब्रेटीहरुमा अभिनेता प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वल्ड सूचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन् ।
सांस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरुको भ्रमण, चलचित्र छायाँकंन गर्न उपयुक्त ठाउँहरुको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण विदेशी विज्ञ डा. जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया कार्यक्रमका थप आकर्षणहर हुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: