काठमाडौं । सेलेब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडी बढिरहेका हुन्छन् । चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलेब्रेटीहरु पर्दामा मात्र देखिदैनन् सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागि नै रहेका हुन्छन् । यहि सन्दर्भलाई प्रस्तुत गर्दै नेपाली सेलेब्रेटीहरुले हिमालमा अर्थात हाई अल्टिच्युड ग्राउण्डमा फुटबलको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
बाईकस नेपाल र एन्ट फाउण्डेशनले सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेशनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउण्डेशनले सो कार्यक्रमको वारेमा जानकारी दिएको हो ।
स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु बिच सह अस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीहरुसँग मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।
“कलाकार देशका गहना हुन्, यसो मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भुमिकाबाट चुक्नु हुदैन । हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हामीली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरण वारे सूचना प्रवाह हुन्छ भने नि नगर्ने ? यसले राष्ट्रियतासँग प्रभाव पार्छनी । यसले त सिनेमा टुरीजम पनि बढ्छ ।” अभिनेता तथा एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले भने ।
तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ । सेलेब्रटीहरु राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु रहनेछ । जुन समूहलाई हिमालयन स्नो लेपर्ड नाम दिइएको छ । यस्तै स्थानिय खेलाडीहरुको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ । उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुनेछ ।
हिमालयन स्नो लेपर्ड समूह अर्थात सेलेब्रेटीहरुमा अभिनेता प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वल्ड सूचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन् ।
सांस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरुको भ्रमण, चलचित्र छायाँकंन गर्न उपयुक्त ठाउँहरुको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण विदेशी विज्ञ डा. जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया कार्यक्रमका थप आकर्षणहर हुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...




प्रतिकृया लेख्नुहोस्: