Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

'दुई कदम'को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

खबरडबली संवाददाता

काठमाडाैं । उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म 'दुई कदम'को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फिल्मका दुई पोस्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ ।

फिल्मको सार्वजनिक एक पोस्टरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन् ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।  फिल्ममा गौरव, इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

मुस्ताङमा एक गीतको सुटिङ गरिएको  फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending