Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

२४ घण्टामै एक महिना बराबरको वर्षा, चीनमा बाढीको वितण्डा

खबरडबली संवाददाता

काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए । बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्‍याएकाेले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन ।  यसको असरको मूल्यबारे कुरै नगरौं  । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।

बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

जलवायु परिवर्तनबारे चिनियाँ विज्ञ झाओ लि भन्छिन्, ‘तापमानमा उच्च वृद्धि नै बढी बाढीको कारक हो । तापमान उच्च हुँदा वाष्पीकरण ज्यादा हुन्छ । वातावरणमा आर्द्रता बढ्दा  अझ धेरै वर्षा तथा आँधी तुफानको संभावना हुन्छ।’ राष्ट्रसंघको मापदण्ड अनुसार ग्रीन पिसले चीनमा गरेको अनुसन्धान अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने  छ र बाढीको संख्या पनि बढ्नेछ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमकाे सामना गर्नेछन् ।

चीनको जल तथा मौसम विज्ञान निकाय अनुसार सन् १९९० दशकको मध्यतिरबाटै चीनमा तापमान वृद्धि सुरु भएको थियो । यति हुँदा पनि मानिसहरुले नचेत्दा अहिलेको स्थिति आएको वातावरणविद् झाओ बताउँछन् । ‘चीनले अझै खराबस्थितिको सामना गर्नै बाँकी छ । सय वर्षयताकै ठूलो वितण्डता चीनले देख्नेछ’, उनी भन्छन् ।

बाढीको दिशा बदल्नका लागि प्राविधिकहरुले पूर्वाधार निर्माण गरिरहेका छन् । तर त्यसले समेत काम नगर्न सक्ने झाओको चिन्ता छ । बाढीले हाल पुर्‍याएको क्षतिको नोक्सान पूर्तिका लागि १० वर्ष लाग्ने स्थानीय व्यवसायी झाङ बताउँछन् । ‘सरकारले हामीलाई क्षतिपूर्ति देला वा नदेला निश्चित छैन तर यो नोक्सानको पूर्तिका लागि एक दशक लाग्नेछ’, उनले भने ।

गत जूनमा चीनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि थियो । चीनमा एक महिनाको परिमाणको वर्षात् २४ घण्टामै भएको छ । ‘यस वर्षको गर्मीयाम चीनका लागि निकै कठिन छ । र जहिलेसम्म कार्बनडाइअक्साइडको परिमाण न्यूनीकरण हुँदैन चीनले झनै खराब परिस्थिति व्यहोर्दै जाने छ’, प्राध्यापक कस्केड तोलेस्को भन्छन् । घना आवादी र विश्वकै प्रमुख अर्थतन्त्र मध्ये एक रहेको चीनमा धेरै उद्योगहरु छन् । ती उद्योगबाट उत्सर्जन हुने हानिकारक ग्यासकै कारण चीनले खराब परिस्थितिको सामना गरिरहेको प्राध्यापक कस्केड बताउँछन् ।

चीनले कहिले लामो खडेरी त कहिले अप्रत्याशित बाढीको सामना गरिरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काम नगरेमा अझै खराब परिस्थिति निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending