Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

२४ घण्टामै एक महिना बराबरको वर्षा, चीनमा बाढीको वितण्डा

खबरडबली संवाददाता

काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए । बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्‍याएकाेले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन ।  यसको असरको मूल्यबारे कुरै नगरौं  । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।

बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

जलवायु परिवर्तनबारे चिनियाँ विज्ञ झाओ लि भन्छिन्, ‘तापमानमा उच्च वृद्धि नै बढी बाढीको कारक हो । तापमान उच्च हुँदा वाष्पीकरण ज्यादा हुन्छ । वातावरणमा आर्द्रता बढ्दा  अझ धेरै वर्षा तथा आँधी तुफानको संभावना हुन्छ।’ राष्ट्रसंघको मापदण्ड अनुसार ग्रीन पिसले चीनमा गरेको अनुसन्धान अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने  छ र बाढीको संख्या पनि बढ्नेछ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमकाे सामना गर्नेछन् ।

चीनको जल तथा मौसम विज्ञान निकाय अनुसार सन् १९९० दशकको मध्यतिरबाटै चीनमा तापमान वृद्धि सुरु भएको थियो । यति हुँदा पनि मानिसहरुले नचेत्दा अहिलेको स्थिति आएको वातावरणविद् झाओ बताउँछन् । ‘चीनले अझै खराबस्थितिको सामना गर्नै बाँकी छ । सय वर्षयताकै ठूलो वितण्डता चीनले देख्नेछ’, उनी भन्छन् ।

बाढीको दिशा बदल्नका लागि प्राविधिकहरुले पूर्वाधार निर्माण गरिरहेका छन् । तर त्यसले समेत काम नगर्न सक्ने झाओको चिन्ता छ । बाढीले हाल पुर्‍याएको क्षतिको नोक्सान पूर्तिका लागि १० वर्ष लाग्ने स्थानीय व्यवसायी झाङ बताउँछन् । ‘सरकारले हामीलाई क्षतिपूर्ति देला वा नदेला निश्चित छैन तर यो नोक्सानको पूर्तिका लागि एक दशक लाग्नेछ’, उनले भने ।

गत जूनमा चीनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि थियो । चीनमा एक महिनाको परिमाणको वर्षात् २४ घण्टामै भएको छ । ‘यस वर्षको गर्मीयाम चीनका लागि निकै कठिन छ । र जहिलेसम्म कार्बनडाइअक्साइडको परिमाण न्यूनीकरण हुँदैन चीनले झनै खराब परिस्थिति व्यहोर्दै जाने छ’, प्राध्यापक कस्केड तोलेस्को भन्छन् । घना आवादी र विश्वकै प्रमुख अर्थतन्त्र मध्ये एक रहेको चीनमा धेरै उद्योगहरु छन् । ती उद्योगबाट उत्सर्जन हुने हानिकारक ग्यासकै कारण चीनले खराब परिस्थितिको सामना गरिरहेको प्राध्यापक कस्केड बताउँछन् ।

चीनले कहिले लामो खडेरी त कहिले अप्रत्याशित बाढीको सामना गरिरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काम नगरेमा अझै खराब परिस्थिति निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending