रूपन्देही । प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता बुटवलमा जाने भएका छन् । समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा गर्ने सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता जाने भएका हुन् ।
घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता जाने निश्चित भएको समाजवादी मोर्चा लुम्बिनीले आइतबार बुटवलमा पत्रकार सम्मेलनमा गरी जनाएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बसन्त सीले घोषणा सभाको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । अहिले देश निकै संवेदनशील अवस्थामा रहेकाे र विदेशी हस्तक्षेप बढिरहेकाले मोर्चाको गठन गरिएको उनले बताए ।
यस्तै, नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले समाजवार्दी मोर्चा कसैको विरुद्ध गठन गरिएको नभई २०६२/६३ सालको आन्दोलनबाट प्राप्त भएका उपल्बधिहरु र संविधानको रक्षाका लागि बनाइएको बताए । अहिले पनि मोर्चामा रहेका दलहरुबीच धेरै विषयमा विमति रहेकाले समाजवादी मोर्चाबाट सहकार्य हुँदै मोर्चामा सहभागी दलहरु बीच एकता हुन पनि सक्ने बताए ।
पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बसन्त सी, माओवादीका केन्द्रिय सचिव हितमान शाक्यसहित जनता समाजवादीका राजनीतिक समितिका सदस्य मनिकर कार्की, माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, एकृकीत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी लगायता नेताहरुको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: