Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

बेपत्ता आमाछोरा मृत अवस्थामा फेला परे

खबरडबली संवाददाता

सिन्धुली  । घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

बेपत्ता मध्येकी ५७ बर्षीया माया गोलेलाई रौतहटको गरुडा नजिक बागमती नदीको किनारमा आइतबार बिहान मृत अवस्थामा फेला पारेको सो वडाका अध्यक्ष एकबहादुर मोक्तानले जानकारी दिए । त्यस्तै, २८ बर्षीय छोरा राजकुमार गोलेलाई गाउँकै क्यानखोला र खड्कुले खोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा फेला पारेको उनले बताए  ।

उनका अनुसार बेपत्ता भएका आमाछोरा बिहीबार दिउँसो ३ बजेतिर घरदेखि करिब एक किलोमिटर टाढा रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काट्न गएका थिए । बेलुकासम्म घरमा नफर्केपछि आफन्त, स्थानीय र प्रहरीले खोजी गर्न सुरु गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कटुवालले रौतहट जिल्लाको गरुडा नजिक बागमती नदीको किनारमा एक जना महिलाको शब फेला परेको बताए । मृतकको सनाखतका लागि उहाँको आफन्तलाई बोलाइएको उनको भनाइ छ  । बेपत्तामध्येको छोरा राजकुमारको शब भने पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको उनले बताए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending