काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित गरेको छ । शुल्क बढाउने निर्णयका कारण शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले भदौ ५ गतेदेखि सञ्चालन हुने परीक्षा र भदौ १९ पछिका पूर्वप्रकाशित तालिकाहरू स्थगित भएको जानकारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानले यसै वर्षबाट भर्ना हुने नयाँ विद्यार्थीहरूलाई लागु हुने गरी आंगिक क्याम्पसको बि.ई. र बि.आर्क भर्ना शुल्कमा गरिएको समायोजनापश्चात पक्षहरूबाट भएका ध्यानकर्षणलाई गम्भिर रूपमा लिएको डिनले जनाएको छ ।
साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा अपिल समेत गरेको छ ।
संस्थानले बि।ईरबि।आर्क प्रवेश परीक्षा र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरूबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ ।
२६ बर्ष यता शुल्कमा केही तात्विक परिवर्तन नभएको भन्दै संस्थानले शुल्क बढाउने निर्णय खारेज नगर्ने जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: