Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

२३ करोड ५० लाख बराबरको सिमेन्ट १ महिनामा निर्यात

खबरडबली संवाददाता

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो साउन महिनामा २३ करोड ४९ लाख ८९ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १ महिनामा नै साढे २३ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो । निर्यातमा अनुदान घोषणा भएपछि गत वर्ष २०७९/८० को साउनमा ४९ लाख २९ हजार रुपैयाँबराबरको ३३ हजार १५७ मेट्रिक टन सिमेन्ट भारत निकासी भएको थियो ।

भन्सार विभागका अनुसार साउनमा ३५ हजार ३१५ टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा २५ हजार ७४२ टन क्लिंकर र ९ हजार ५७३ टन सिमेन्ट निकासी भएको हो । यसबाट २३ करोड ४९ लाख रुपैयाँ नेपाल भित्रिएको छ । 

गत वर्षभरीमा नेपालबाट करिब ७८ करोड रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको थियो । गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन् । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजारबरारबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।

सरकारले सिमेन्ट निर्यातमा सहुलियत दिएसँगै गत वर्षदेखि पाल्पा, अर्घाखाँची र बालाजु गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । यस्तै, अन्य उद्योग पनि निर्यातको तयारीमा छन् । 

अघिल्लो वर्षको असार २४ देखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्डले भारततर्फ निर्यात सुरु गरेको थियो । त्यस्तै असोज ३१ देखि अर्घाखाँची र जेठ २९ देखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्रान्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका हुन् । 

यस्तै, झन्डै एक दशकअघि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । आव २०७०/७१ मा ५६ लाख ९२ हजार रुपैयाँ बराबरको ५ लाख ५३ हजार २ सय ४० किलो सिमेन्ट निर्यात भएको थियो । २०७१/०७२ मा २ लाख ५४ हजार रुपैयाँ बराबरको १६ हजार २ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्याङ्कमा छ ।

आर्थिक वर्ष २०७८/७९ जम्मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात भएकोमा २०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्याङ्क छ । 

सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ मा सिमेन्टमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिनेसमेत चालु बजेटमा उल्लेख छ । 

सरकारले ५० करोड रुपैयाँ बराबरको निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने भनेको छ । सरकारले महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् । हाल नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक २ करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending