काठमाडाैं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउँदै निर्यातलाई निरुत्साहित गरेको केही समयभित्रै चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।प्याजमा चर्को निर्यात कर लगाएपछि भारतबाट नेपाली व्यवसायीहरुले प्याज आयात गरेका छैनन् । जसले बजारमा प्याजको अभाव देखिन थालेको छ भने मूल्य पनि अस्वभाविक ढंगले बढेको छ ।
प्याजको मूल्यवृद्धिको माग खेपेका नेपाली उपभोक्ताहरुले भारत सरकारको अर्को निर्णयले महंगीको थप मारमा पार्ने देखिएको छ । भारत सरकारले वर्षा नहुँदा उखुको उत्पादन घटेको कारण देखाउँदै ७ वर्षपछि पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न मिलहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।
भारतले आन्तरिक माग पूर्ति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । उसले आन्तरिक आपूर्ति सहज गर्न आवश्यक उखुबाट चिनी उत्पादन गर्ने र बाँकी उखुबाट इथानोल उत्पादन गर्ने तयारी गरेपछि चिनी निर्यात गर्ने उसको नीतिमा आमुल परिवर्तन गर्ने भएको हो ।
आगामी सिजनको लागि निर्यात कोटाका लागि छुट्याउने पर्याप्त चिनी भारतसँग नभएको भारतीय अधिकारीहरुले बताएका छन् । विश्व बजारमा चिनी निर्यात गर्दै आएको भारतले निर्यात नगर्ने नीति कार्यान्वयनमा गए अमेरिका र बेलायतमासमेत चिनीको अभाव देखापर्ने सम्भावना छ । नेपालमा पनि मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
चिनी निर्यात प्रतिबन्धले विश्वव्यापी खाद्यान्न बजारहरुमा थप मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ । भारतले गएको सिजनमा एक करोड ११ लाख मेट्रिक टन चिनी निर्यात गरेको थियो । चालु सिजनमा (सेप्टेम्बर ३० सम्म) भने मिलहरुलाई ६१ लाख टन मात्र चिनी निर्यात गर्न अनुमति दिएको थियो । यसअघि, सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २० प्रतिशत कर लगाएको थियो ।
भारतको पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका उच्च उखु उत्पादन गर्ने जिल्लाहरुमा मनसुनी वर्षा यस वर्ष औसतभन्दा ५० प्रतिशत कम भएकोले उत्पादनमा पनि प्रभाव पर्ने देखिएको छ । यी दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । मनसुनी प्रभावका कारण आगामी वर्ष भारतको चिनी उत्पादन ३.३ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसैबीच भारतमा स्थानीय चिनीको मूल्य अधिक बढेको छ । चिनीको मूल्य दुई वर्ष अघिको भन्दा उच्च भएको हो । बजारमा मूल्य बढेसँगै सरकारले बजारमा थप २ लाख टन चिनी पठाउन अनुमति दिएको छ ।
यसअघि भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छे । अहिले प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ पुगेको छ । यसअघि नेपालमा प्याज प्रतिकिलो ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गर्दै आएका थिए ।
भारतले आगामी डिसेम्बरको अन्त्यसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको जानकारी दिएको छ । भारतले विश्व बजारमा ठूलो परिमाणमा प्याज निर्यात गर्दै आएको छ । प्याजको उत्पादनमा कमी आएको भन्दै भारतले निर्यातमा कर लगाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: