काठमाडाैं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउँदै निर्यातलाई निरुत्साहित गरेको केही समयभित्रै चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।प्याजमा चर्को निर्यात कर लगाएपछि भारतबाट नेपाली व्यवसायीहरुले प्याज आयात गरेका छैनन् । जसले बजारमा प्याजको अभाव देखिन थालेको छ भने मूल्य पनि अस्वभाविक ढंगले बढेको छ ।
प्याजको मूल्यवृद्धिको माग खेपेका नेपाली उपभोक्ताहरुले भारत सरकारको अर्को निर्णयले महंगीको थप मारमा पार्ने देखिएको छ । भारत सरकारले वर्षा नहुँदा उखुको उत्पादन घटेको कारण देखाउँदै ७ वर्षपछि पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न मिलहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।
भारतले आन्तरिक माग पूर्ति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । उसले आन्तरिक आपूर्ति सहज गर्न आवश्यक उखुबाट चिनी उत्पादन गर्ने र बाँकी उखुबाट इथानोल उत्पादन गर्ने तयारी गरेपछि चिनी निर्यात गर्ने उसको नीतिमा आमुल परिवर्तन गर्ने भएको हो ।
आगामी सिजनको लागि निर्यात कोटाका लागि छुट्याउने पर्याप्त चिनी भारतसँग नभएको भारतीय अधिकारीहरुले बताएका छन् । विश्व बजारमा चिनी निर्यात गर्दै आएको भारतले निर्यात नगर्ने नीति कार्यान्वयनमा गए अमेरिका र बेलायतमासमेत चिनीको अभाव देखापर्ने सम्भावना छ । नेपालमा पनि मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
चिनी निर्यात प्रतिबन्धले विश्वव्यापी खाद्यान्न बजारहरुमा थप मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ । भारतले गएको सिजनमा एक करोड ११ लाख मेट्रिक टन चिनी निर्यात गरेको थियो । चालु सिजनमा (सेप्टेम्बर ३० सम्म) भने मिलहरुलाई ६१ लाख टन मात्र चिनी निर्यात गर्न अनुमति दिएको थियो । यसअघि, सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २० प्रतिशत कर लगाएको थियो ।
भारतको पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका उच्च उखु उत्पादन गर्ने जिल्लाहरुमा मनसुनी वर्षा यस वर्ष औसतभन्दा ५० प्रतिशत कम भएकोले उत्पादनमा पनि प्रभाव पर्ने देखिएको छ । यी दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । मनसुनी प्रभावका कारण आगामी वर्ष भारतको चिनी उत्पादन ३.३ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसैबीच भारतमा स्थानीय चिनीको मूल्य अधिक बढेको छ । चिनीको मूल्य दुई वर्ष अघिको भन्दा उच्च भएको हो । बजारमा मूल्य बढेसँगै सरकारले बजारमा थप २ लाख टन चिनी पठाउन अनुमति दिएको छ ।
यसअघि भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छे । अहिले प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ पुगेको छ । यसअघि नेपालमा प्याज प्रतिकिलो ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गर्दै आएका थिए ।
भारतले आगामी डिसेम्बरको अन्त्यसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको जानकारी दिएको छ । भारतले विश्व बजारमा ठूलो परिमाणमा प्याज निर्यात गर्दै आएको छ । प्याजको उत्पादनमा कमी आएको भन्दै भारतले निर्यातमा कर लगाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: