Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

बारबरा फाउन्डेसनको १० लाख पुरस्कार चार पत्रकारलाई दिने घोषणा

खबरडबली संवाददाता

काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशिलता र शुसासनयुक्त विधिको राज्यका पक्षमा खबरदारीका लागि यससम्बन्धी खोजमुलक समाचार सामग्री उत्पादन गर्न बारबरा फाउन्डेसनले चार जनाका लागि १० लाख रुपैयाँको पत्रकारिता फेलोसिपको घोषणा गरेको छ ।

फाउन्डेसनले जनही २ लाख ५० हजार रुपैयाँका चारवटा फेलोसिपबारे २०८० को भदौ मसान्तभित्र समाचार सामग्रीको प्रस्ताव पठाइसक्नुपर्ने जनाएको छ । साथै असोजको पहिलो साताभित्रै प्रस्ताव स्वीकृतिको सूचना आवेदकबाट आइपुग्नुपर्ने बताइएको छ ।

'शुशासन र भ्रष्टाचार, वातावरणीय परिवर्तनको मुद्दा, स्वास्थ्य र शिक्षा सरोकारका विषयमा आउने प्रस्ताव स्वीकृत भएपछि आगामी चैत मसान्तसम्म तोकिएको विषयमा सोध र अनुसन्धानका समाचार सामग्री प्रकाशित भइसकेको हुनुपर्ने छ,' बारबरा फाउन्डेसनले जारी गरेको सूचनामा उल्लेख छ ।

गैरनाफामूलक गैरसरकारी संस्थाको रुपमा बारबरा फाउन्डेसन बारबरा एडम्सको नाममा २०६७ वैशाख १४ गते नेपालमा स्थापना भएको हो । दिवंगत बारबरा पत्रकार र पर्यावरण तथा सामाजिक अभियन्ता समेत थिइन् । जसले दुर्गम र पिछडिएका नेपालका गाउँहरूमा त्यहाँका बासिन्दाको जीवन परिवर्तन गर्न शिक्षित बनाउनुका साथै सशक्तिकरण गर्दै आएको छ ।

खोज पत्रकारिता मार्फत सुशासन प्रवर्द्धन गर्न भन्दै फाउन्डेसनले २०१३ देखि हरेक वर्ष गहन र प्रभावकारी समाचार सामग्रीका लागि 'बार्बरा एडम्स खोज पत्रकारिता पुरस्कार' वितरण गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending