काठमाडौं । तीन जिल्लाबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । झापा, सुनसरी र कञ्चनपुरबाट लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ परेका हुन् ।
झापाकाे मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २२ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय समिर धिमाल रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै सुनसरीकाे धरानमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ एम्पुल र डिकोलिक १ सय ९२ एम्पुलसहित धरान उपमहानगरपालिका-१० बस्ने १९ वर्षीया श्रदा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय किशोर र १७ वर्षीय किशोरलाई बुधबार पक्राउ गरेको छ ।
यसैगरी अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीले धरान भोटेपुलमा होटल संचालन गरी बस्ने झापा, झापा गाउँपालिका-६ घर भएका ६४ वर्षीय दिल बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिवन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ हात्तीबोझाबाट लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका-७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवर उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-१० पशुपति टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: