Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

'जय हो'को भव्य प्रिमियर शो

खबरडबली संवाददाता

काठमाडाैं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'जय हो'को बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ ।  सिनेमाको भव्य प्रिमियर शोमा 'जय हो' हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म  हेर्न बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन  केसी, बरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, निर्मात्री पुनम गौतम, अभिनेत्री पुजा शर्मा, सुनिशा बजगाई लगायतको उपस्थिति रहेको थियो ।

फिल्म हेरेरपछि मिडियासँग कुराकानी गर्दै सवैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा फिल्म हेर्न अधिकांश पाहुनाले क्लाइमेक्सको प्रशंसा गरेका छन् । फिल्मको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया उपस्थित पाहुना र पत्रकारको थियो ।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । सलोनले कमेडी फिल्म मात्रै होइन 'जय हो' जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पुजा शर्माले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । 'दान्भी'को छायांकन छोडेर फिल्म हेर्न आएकोमा आफुलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो ।

यस्तै, अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए । साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए ।

यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई फिल्मका सवै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आखाँलाई शितलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियालाई पनि फिल्म मन परेको बताए । अभिनेता  सलोन बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि फिल्मको प्रियियर कार्यक्रममा पुगेका थिए ।

आफु फिल्म हेर्न मात्रै नभई सलोनलाई सपोर्ट गर्न पनि लामो समयपछि फिल्मको प्रिमियर कार्यक्रममा पुगेको बताए । फिल्ममा हेरेर हलबाट निस्कदै गर्दा उस्को मेहनत र अभिनयले फिल्मलाई ज्यान दिएको भन्दै सवै दर्शकले एक पटक हेर्न पर्ने फिल्म बनेको बताए ।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको  प्रेम पाण्डे  कुमार थिङको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending