काठमाडौं । झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको गुनासो पोखेका हुन् ।
रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी चन्दन जिन्दालले व्यवसाय गर्नका लागि ऋण खोजेपछि उनले मिटरव्याजी लिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइदिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ । ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागेपछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाकधम्की दिएर एक करोड ६० लाखको सम्पत्ति कब्जा गरेको सौरभले बताए ।
उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याएपछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दन जिन्दाललाई भेटाइदिएपछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमति कागज भएको रमेशले बताए । वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमति कागज गराएको उनको भनाई छ । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिए र आफ्नो सम्पत्ति कब्जा गरेको उनले बताए ।
सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमा पुर्याका छन् । चन्दनले २२ लाखमात्रै लिएको भएपनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको सौरभले बताए । लिला, मुलुकसिंह र सोभाबाटै पीडत हर्क लिम्बुले खाली चेकमा सही गराएर आफूलाई फसाइएको बताए । घरायसी कामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाख फिर्ता गरेपनि उनीहरुले धाकधम्की दिएर पाँच करोडको कागज गराएको उनको आरोप छ ।
उनले मिटरव्याजीहरुले आफूबाट खाली चेकमा सही गराएर लगेको पैसा र मिति आफैंले राखी चेक बाउन्स गराएको बताए । चेक बाउन्स मुद्दामा डेढ महिनासम्म थुनेको उनले बताए । आफूमाथि भएको अन्यायमा झापा जिल्ला प्रशासनमा उजुरी दिएपनि न्याय पाउन नसकेको उनको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: