काठमाडौं । झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको गुनासो पोखेका हुन् ।
रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी चन्दन जिन्दालले व्यवसाय गर्नका लागि ऋण खोजेपछि उनले मिटरव्याजी लिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइदिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ । ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागेपछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाकधम्की दिएर एक करोड ६० लाखको सम्पत्ति कब्जा गरेको सौरभले बताए ।
उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याएपछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दन जिन्दाललाई भेटाइदिएपछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमति कागज भएको रमेशले बताए । वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमति कागज गराएको उनको भनाई छ । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिए र आफ्नो सम्पत्ति कब्जा गरेको उनले बताए ।
सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमा पुर्याका छन् । चन्दनले २२ लाखमात्रै लिएको भएपनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको सौरभले बताए । लिला, मुलुकसिंह र सोभाबाटै पीडत हर्क लिम्बुले खाली चेकमा सही गराएर आफूलाई फसाइएको बताए । घरायसी कामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाख फिर्ता गरेपनि उनीहरुले धाकधम्की दिएर पाँच करोडको कागज गराएको उनको आरोप छ ।
उनले मिटरव्याजीहरुले आफूबाट खाली चेकमा सही गराएर लगेको पैसा र मिति आफैंले राखी चेक बाउन्स गराएको बताए । चेक बाउन्स मुद्दामा डेढ महिनासम्म थुनेको उनले बताए । आफूमाथि भएको अन्यायमा झापा जिल्ला प्रशासनमा उजुरी दिएपनि न्याय पाउन नसकेको उनको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: