Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पर्यटकको आकर्षण केन्द्र झाँगाझोली

सानेबहादुर नेपाली

तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन् । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ ।

झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । पछिल्लो समय झाँगाझोलीमा मानिसहरुको आवागमनले यस क्षेत्रमा चहलपहल बढ्दै गएको पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको उनके भनाइ छ ।

अन्य साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घना जङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए । खोलाको वरपर रहेको घना जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ ।   

चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ । खैरेनीटारदेखि झाँगाझोली हुँदै तीनखोले देवी मार्गको बाँकी निर्माण कार्यसमेत यथाशीघ्र सम्पन्न हुनुपर्ने सो क्षेत्रका स्थानीयवासी बताउँछन् ।   

‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । सिन्धुली जिल्लाको झाँगाझोली हाल सुनकोशी गाउँपालिकामा पर्दछ । विपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको हो ।  

विशेषतः सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडा स्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ । 

त्यसैगरी, सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट घरहरु निर्माण गरिनेछन् । सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ ।

सूचना कक्ष निर्माण 

सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागेको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइने छ । हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्वप्रधानमन्त्री विपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सूचना कक्षमार्फत यस बारेमा पनि प्रचारप्रसारसमेत गरिनेछ ।

तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्वल पार्क’ निर्माण गरेको अर्का सञ्चालक उज्वल पौडेलले जानकारी दिए । विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन् । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका पक्षी र जनावरहरुका मूर्ति राखिएका छन् । रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकलाई भरपूर मनोरन्जन लिन सक्नेछन् । सार्वजनिक बिदाका दिन त पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको पौडेलको भनाइ छ ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ । झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनुका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् ।     

झाँगाझोली क्षेत्रलाई ऐकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । विभिन्न जातका जडीबुटीका रूखबिरुवा हेर्न र त्यसको महत्वका बारेमा जानकारी गराइने छ । विभिन्न देवीदेवता, वन्यजन्तुहरुको मूर्ति निर्माण गरी तिनका बारेमा घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तनहुँ झाँगाझोलीको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ ।    

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट करिब सात किमी उत्तर दिशामा प्रसिद्ध तीनखोले देवीको मन्दिर पुग्न सकिन्छ । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ यस मन्दिरमा पूजाअर्चनाका लागि विभिन्न जिल्लाबाट भक्तजनको आकर्षण बढ्दै गएको पाइन्छ ।

मन्दिर नजिकै रहेको कुम्ले खोलामा पक्की पुल निर्माण गर्न लागिएको छ । बहुवर्षीय योजनाअनुरुप सङ्घीय सरकारले रु ३५ लाख विनियोजन गरिसकेको छ । सहरी विकास मन्त्रालयले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको उनले बताए  ।     

गत वर्ष रु ८३ लाखको लागतमा तीनखोले मोटरमार्गमा काम गरेपछि सहज रुपमा मन्दिर पुग्न सकिने भएको छ । भक्तजनको चहलपहल हुन थालेपछि यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागेको शुक्लागण्डकी नगरपालिकाका उपाध्यक्ष खुमबहादुर विकले जानकारी दिए ।     

मन्दिरसम्म पुग्ने सडक र मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण कार्यमा शुक्लागण्डकी नगरपालिकाले पनि चासो दिएको छ । यस मन्दिरमा बोका, कुखुरा र हाँसको बलि दिइन्छ । असार, साउन र भदौको तुलनामा असोज महिनादेखि भक्तजनको मन्दिरमा भीडभाड नै लाग्ने गर्दछ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE