Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

जुगल हीमालमूनि फलेको आलु काठमाण्डौंको बजारमा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलु यतिबेला राजधानिमा धमाधम बिक्री भईरहेको छ । जुगल गाउँपालिकामा उत्पादन भएको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु आम्दानि गर्न थालेका छन् ।

हिमाली क्षेत्रमा अन्य बालीहरुको तुलनामा आलु खेती धेरै हुने गरेको छ । झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पुर्याईएको र राजधानी काठमाडाैंमा आलुको खपत राम्रै भएपछि आफूहरुमा हौसला बढेको जुगल गाउँपालिका वडा न ६, स्याउजेका देवीबहादुर श्रेष्ठले बताए ।

यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानहरुले स्थानीय जनप्रतिनिधिले उत्पादित आलुको विक्री वितरणको जिम्मा लिएपछि व्यवसायिकरुपमा आलु खेती थालेका हुन् ।

यसअघि जुगलका किसानहरुले निर्वाहका लागि मात्र आलु खेति गर्दै आएका थिए । हिमाली चिसो हावामा उत्पादित अर्गानिक लेकाली आलुले राजधानीमा राम्रै बजार पाएको जुगल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष टंक तामाङले जानकारी दिए । उत्पादित आलुलाई उपत्यकासम्म निशुल्क ढुवानीको प्रवन्ध भने वडा कार्यालयले लिएको छ ।

आलु ढुवानीकै लागि डेढ लाख रुपैयाँ वडाबाट विनियोजन गरेको पनि उनले जानकारी दिए । खासगरि जुगल ६ का वडा अध्यक्ष टंक तामाङले किसानहरुलाई आलु खेती गर्न हौसला दिंदै बजार व्यवस्थापनको जिममेवारी लिएपछि आफूहरु आलु खेतितर्फ आकर्षित भएको अर्का किसान वसन्त श्रेष्ठले बताए ।

वडा अध्यक्ष तामाङका अनुसार यो वर्ष वडा न ६ मा मात्र झण्डै १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडि नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरि बाटो सोलिङ र स्तोरोन्नति गरेको उनले बताए । वडा न न ६ लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयहरुलाई जोड्दै आर्थिक उपार्जनमा टेवा पुर्याउने योजना वडाले तयार पारेको उनको भनाई छ ।

आलु मात्र हैन हामी विषादीरहित, प्राङ्गारीक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानहरुलाई प्रोत्साहित गर्नेछौं उनले बजारीकरणका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिइ वडा न ६ लाई कृषिमा नमूना वडा बनाउन लागेको बताए । 

आम्दानीको अन्य गतिलो आयस्रोत नभएको कारण आलु उत्पादले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले बताए । जुगलको मुख्य बजार ढाडेमा कृषि उपज संकलन केन्द्र निर्माण हुँदै गरेको जानकारी दिंदै संकलन केन्द्र निर्माण कार्य सम्पन्न पश्चात किसानहरुलाई थप राहत पुग्ने अध्यक्ष स्याङबोको विश्वास छ ।

जुगल हिमालको फेदमा रहेको जुगल गाउँपालिकालाई पर्यटन, पशुपालन र कृषिमार्फत समृद्ध बनाउन पालिकाले विभिन्न योजना तर्जुमा गरेका जानकारी दिंदै उनले संभावित उत्पादन क्षेत्रको अध्ययन गरि आलु पकेट क्षेत्रको घोषणा गर्ने योजना रहको बताए ।

जिल्लाको मुडेमा उत्पादित आलुले राजधानीबासीको मन जित्न सफल भए जस्तै जुगलको आलुले पनि राजधानीबासीको मन जीत्नेमा जुगलबासीहरुको विश्वास छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending