काठमाडौं । चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाण्डौको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ । गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ ।
कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् । गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी ।’ मोडल मिस पविले पनि गीतको शब्द र संगीतको प्रसंसा गर्दै भनिन्, ‘सुदुरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो ।’ उनले थप्दै भनिन्, गीतको शब्द सेलोमा नाच्न आउदैन, साच्चिकै मलाई सेलोमा नाच्न आउदैन थियो ।’ निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए । उनले भने ‘टिमको साथले सफल भयौ ।’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु पनि उपस्थित भएर गीतको सफल्ताको शुभकामना दिएका थिए ।
बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...




प्रतिकृया लेख्नुहोस्: