Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएकाे छ । सिरहा, सल्यान, महोत्तरी र पाल्पामा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएकाे हाे ।

सिरहाकाे कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नाम, थर नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सल्यानकाे कपुरकोट गाउँपालिका-३ आगरखोलास्थित सडकमा रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु.२ ख ५७३१ नम्बरको हाईस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा हाइसमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रूकुम पश्चिम सानीभेरी गाउँपालिका-११ बस्ने ६० वर्षीय कमारो कामी र सल्यान दार्मा गाउँपालिका-२ बस्ने ३६ वर्षीय ओमपद खत्रीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार १४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार हाईस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी महोत्तरीकाे  बर्दिबास नगरपालिका-२ हङकङ डाँडास्थित सडकमा रोकी राखेको ना.१ क ९७७९ नम्बरको बर्दिबास बोर्डिङ स्कुलको बसमा प्रदेश २-०२-००४ प ७०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीया रबिना महतोको ट्रमा सेन्टर बर्दिबास र मोटसराइकलमा सवार उनकै बुवा ५५ वर्षीय उपेन्द्र महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाकाे  माथागढी गाउँपालिका-२ सपाङ्दीस्थित सडकमा झडेवाबाट रूप्सेतर्फ जाँदै गरेको लु.४ त ६६३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही गाउँपालिका-२ दोहोरा बस्ने ३८ वर्षीय वेद प्रसाद भुषालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा लेबर काम गर्ने ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending