Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सीमा क्षेत्रका बासिन्दा जङ्गली जनावरबाट पीडित

खबरडबली संवाददाता

कञ्चनपुर । सीमावर्ती पुनर्वास नगरपालिका–९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जङ्गली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जङ्गली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । 

जङ्गली हात्ती, बँदेल र बाँदरले खेतमा लगाएको बाली खाएर बर्सेनी नोक्सानी पुर्याउँदै आएको स्थानीय किसन दाहालले बताए ।

“वर्षातका बेला दोदा नदीको बाढीको पानी खेतमा पसेर धानलगायतका बाली भित्र्याउन पाउदैँनौं”, उनले भने, “बचेको बाली जङ्गली जनावरले खाएर सक्छन्, जग्गा हुँदाहुँदै पनि परिवारका लागि अन्नको जोहो गर्न अन्यत्र मजदुरी गर्नुपर्ने बाध्यता छ ।”

अधिकांश परिवारका युवाहरु परिवारका लागि दुई छाकको अन्न, लुगाफाटोको जोहो गर्न भारतमा मजदूरी गर्न जाने गरेको उनले बताए । धान लगायतका बाली लगाउँदा जङ्गली जनावरले अधिक क्षति पुर्‍याउन थालेपछि स्थानीयले उखु खेती गर्न थालेका छन् । उखुखेती जङ्गली हात्तीको झुण्डले व्यापक रुपमा नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । 

सीमावर्ती भारतीय दुधुवा नेशनलपार्कबाट हात्तीको झुण्ड वर्षातका बेला चुरे क्षेत्रमा जानुअघि र वर्षात सकिएपछि पुनः पार्कमा फर्कने क्रममा खेतबारीमा पसेर उखु बाली खाएर र खुट्टाले कुल्चेर क्षति गर्दै आएको पदम परियारले बताए । उनका अनुसार सीमा क्षेत्रको रक्षाका लागि दुई सय परिवारलाई यस क्षेत्रमा पुनर्वास गराईएको थियो ।

पुनर्वासको समयमा २५ प्रतिशत जग्गा अग्लो ठाउँमा र ७५ प्रतिशत जग्गा नदी तटीय क्षेत्रमा उपलव्ध गराइएको थियो । अग्लो ठाउँमा दिइएको जग्गामा घर, करेसाबारी र नदी तटीय क्षेत्रमा उपलव्ध गराइएको जग्गामा खेती गर्नका लागि उपलव्ध गराइएको परियार बताउँछन् ।

“नदी तटीय क्षेत्रको जग्गामा लगाएको बाली जङ्गली जनावरका कारण भित्र्याउनै पाउदैनौँं”, उनले भने, “जङ्गली जनावर नियन्त्रणका लागि मेसवायर जडानको माग गर्दै आए पनि पूरा हुन पाएको छैन ।” 

नदी नियन्त्रणका लागि गैरसरकारी संस्था, नगरपालिका र प्रदेश सरकारले जैविक र तारजालीको तटबन्ध निर्माण गर्न थालेपछि जग्गा कटानी हुने क्रमम भने विगतको तुलनामा निकै कम हुँदैआएको उनको भनाइ  छ ।

नगरपालिकाको कृषि शाखाका प्रमुख कर्णबहादुर शाही सीमावर्ती क्षेत्रका बासिन्दाले लगाउदै आएको बाली जङ्गली जनावरले खाएर हैरानी दिन थालेको गुनासो आउन थालेकाले त्यसको निराकरणका लागि काम अगाडि बढाउन नगरपालिकालाई आग्रह गरिएको बताए ।
 
वडा नं ९ का अध्यक्ष नरबहादुर विक विसं २०२८ मा तत्कालीन राजाले नेपाली भूमि अतिक्रमण हुन नदिनका लागि यस क्षेत्रमा बस्ती बसालेको बताए । “स्थानीय किसानले जग्गाको मालपोत बुझाउने कार्य प्रत्येक वर्ष गर्दै आएका छन्”, उनले भने, “जग्गाबाट उब्जनी लिनसकेका छैनन् ।” 

बाढी, जङ्गली जनावरका कारण बालीको उत्पादन किसानले लिन सकिनरहेको उहाँको बुझाइ रहेको छ । “सीमा क्षेत्रका बासिन्दाले सीमा रक्षकको भूमिका खेल्दै आए पनि राज्यका तर्फबाट हुने सहयोगको खाँचो रहेको छ”, उनले भने, “सीमा क्षेत्रका बासिन्दालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षतिको क्षतिपूर्ति, कृषिमा अनुदान, मेसवायर जडान, नदी नियन्त्रण, भरपर्दो सडकको व्यवस्थाका लागि कार्य अगाडि बढाउनुपर्ने हुन्छ ।” 

नगरपालिकाले वडामा विनियोजन गर्ने थोरै बजेटले यी कार्य गर्न नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले सीमा क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending