Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

चीनमा पनि बिजुली बेच्‍ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताएका हुन् ।

चितवनकाे भरतपुर आँपटारीमा निर्माण भएको हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी करिडोरको न्यु भरतपुर २२०/१३२ केभी सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताए । भारत, नेपाल र बंगलादेशबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने बाटो खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले आफु केही समयपछि चीन जान लागेकाे बताउँदै चीनतिर पनि अन्तराष्ट्रिय प्रसारण लाइन बिट्ठतार गर्ने बताए । उनले भने -'केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं।' 

नेपालमा विद्युत उत्पादन क्षमता राम्रो रहेकाे भए पनि आउँदो २५/३०/४० वर्षसम्म देशभित्रै खपत गर्न धेरै नै कठिन रहेकाेले बढी भएको विद्युत अन्तरदेशीय व्यपार गर्न आवश्यक रहेकाे उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending