चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताएका हुन् ।
चितवनकाे भरतपुर आँपटारीमा निर्माण भएको हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी करिडोरको न्यु भरतपुर २२०/१३२ केभी सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताए । भारत, नेपाल र बंगलादेशबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने बाटो खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
उनले आफु केही समयपछि चीन जान लागेकाे बताउँदै चीनतिर पनि अन्तराष्ट्रिय प्रसारण लाइन बिट्ठतार गर्ने बताए । उनले भने -'केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं।'
नेपालमा विद्युत उत्पादन क्षमता राम्रो रहेकाे भए पनि आउँदो २५/३०/४० वर्षसम्म देशभित्रै खपत गर्न धेरै नै कठिन रहेकाेले बढी भएको विद्युत अन्तरदेशीय व्यपार गर्न आवश्यक रहेकाे उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: