काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आईतबार काठमाडौंको नाचघरमा दोश्रो वार्षिक उत्सब तथा सम्मान समारोह सम्पन्न गरेको छ । गीत संगीत, नृत्य सहित आयोजित सो कार्यक्रममा विभिन्न श्रष्टाहरुलमई सम्मानित गरिएकाे हाे ।
सो समारोहमा नेपाल म्युजिक भिडियो निर्देशक समाजले ‘आलोक–सुरज स्मृति पुरस्कार २०८०’ बाट संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सो पुरस्कार बासकोटालाई प्रदान गरेका हुन् ।
बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले २०४५ सालमा नगरकोटमा छायाँकन गरेर नेपालको पहिलो म्युजिक भिडियोको औपचारिक छायाँकन गरेका थिए । यसरी नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘आलोक–सुरज स्मृति पुरस्कार’ बासकोटालाई प्रदान गरिएको म्युजिक भिडियो निर्देशक समाजका कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
नेपाली गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै समारोहमा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महतलाई सम्मानित गरियो । यस्तै बरिष्ट गायक आनन्द कार्की, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसीलाई पनि कार्यक्रममा सम्मानित गरियो । म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, गायिकाहरु जुनु रिजाल, प्रश्ना शाक्य, गीतकार प्रकाश सुवेदीलाई पनि सम्मानित गरियो ।
सो कार्यक्रममा पत्रकार बिजयरत्न तुलाधर, चलचित्र निर्देशक सत्यराज चौलागाईं, गीतकार हरि उप्रेती, गायक दिपेश श्रेष्ठ बैध, मौलिक थाली नृत्यगना एलिजिबा पुर्जा पुन, मोडेल सुमन खतिवडा, गायक निमा पाख्रीन लामा, गायिकाहरु पाल्मु शेर्पा शान्ति कुमारी शाही, दिपा रावल सहित दावा लामा र जेविन जिभेस श्रेष्ठ पनि सम्मानित भएका छन् ।
वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक एवम् प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मान गरिएको कार्यक्रममा अभिनेताहरु तेज गिरी, सागर लम्साल बले, दुर्गेस थापा, संगीतकार ओम सुनार, गायकहरु सजिब सिह राना, नरेश बुढाथोकीलाई समाजको मानार्थ सदस्यता प्रदान गरियो ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा सम्पन्न सो कार्यक्रममा आनन्द कार्की, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै गायक÷ अभिनेता दुर्गेश थापा, बाल कलाकार जेविन/जेविश श्रेष्ठको प्रस्तुति पनि निकै आकर्षक बन्यो ।
सो कार्यक्रममा बोल्दै समाजका महासचिब सुब्रत आचार्यले नेपाली म्युजिक भिडियोमा योगदान दिएको श्रष्टाहरुको नामबाट पुरस्कार स्थापना गरेर नेपाली पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजीत बासकोटालाई पुरस्कृत गर्दै यो पुरस्कारको परम्परा सुरु गरेको बताए ।
म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष निशान घिमिरे, अतिथिहरुलाई स्वागत गरेको सो समारोहलाई सचिव प्रकाश धिताल, सहसचिव समन अधिकारी सह कोषाध्यक्ष डि .आर सुजनसहितको कार्यसमिति टिमले सफलतापूर्वक सम्पन्न गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: