काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ । नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो ।
कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्याउने उद्देश्यले एक अभियान सञ्चालन गर्दै आएको फाउन्सेसनकी कार्यक्रम संयोजक तजैना श्रेष्ठले जानकारी दिइन । २ दिनसम्म सञ्चालनमा भएको एक अभियानमा करिब ८० जना सहभागी भएका थिए । सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सहभागीहरूले अनुभवी कलाकारहरूको नेतृत्वमा अन्तरक्रियात्मक कार्यशालाहरूमार्फत कलासँग प्रत्यक्ष संलग्न हुने अवसर पाएका थिए ।
२ दिने कार्यक्रमबाट संकलन भएको रकम बाल आश्रमका बालबालिकालाई इन्टरनेटको पहुँचमा पुर्याउन खर्च गरिने श्रेष्ठको भनाइ छ । यसका साथै फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरू गरेको छ । हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङ मध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गरिने छ ।
पेन्टिङ एक अभियानको फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने छ । उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानिलकण्ड जेसिसका अध्यक्ष मोहन गुरूको संयोजकत्वमा एकजना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाइएको छ ।
उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने छ । अनलाइन प्रतियोगितामा कुनै पनि थिम, साइजमा जुनसुकै उमेर समूहकाले ड्रइङ, पेन्टिङ, स्केच पोटट्रेट, फोटोग्राफी, डिजिटल आर्ट, फल्क आर्ट, एब्सट्रयाक्ट, मधुवाणी, मोर्डन लगायत आफै बनाएको ‘आर्जिनल आर्ट’ पठाउन सक्ने छन् ।
कुनै पनि ब्याकग्राउण्डबिना आर्ट स्पष्ट हुनुपर्नेछ भने आर्ट होरिजन्टल्ली खिचेर पठाउनु पर्नेछ ।हालसम्म काठमाडौं उपत्यकामा आयोजना भइरहेको एक अभियान प्रदर्शनी र कार्यशाला अब काठमाडौं बाहिर चितवन वा हेटौडामा गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ ।
एक अभियान नेपालका बाल आश्रममा इन्टरनेट पुर्याउन नेपाल इन्टरनेट फाउण्डेसनले सुरू गरेको हो । ३९ वटा बाल आश्रममध्ये अहिलेसम्म २१ वटामा इन्टरनेट पुर्याइएको छ भने बाँकीमा पुर्याउने योजना रहेको छ ।
यस कार्यक्रमको माध्यमबाट गुणस्तरीय शिक्षा, सभ्य काम र दिगो समुदायहरूलाई समेट्ने दिगो विकास लक्ष्यहरू (SDGs) ४, ८, र ११ सँग पङ्क्तिबद्ध गर्दै कला र प्रविधि बीचको सम्बन्ध बढाउने लक्ष्य राखिएको छ ।
नेपाल इन्टरनेट फाउण्डेसन एउटा प्लेटफर्म सिर्जना गर्न उत्साहित छ जहाँ कलाको शक्तिलाई प्रविधिको पहुँचसँग मिसाएर, फाउण्डेसनले कला समुदाय र आवश्यकतामा परेकाहरूको जीवन दुवैमा दिगो प्रभाव पार्ने लक्ष्य राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...




प्रतिकृया लेख्नुहोस्: