भरतपुर । चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो ।
झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ । सिँढी निर्माणको आधा काम बाँकी रहेको स्थानीयवासी ज्ञानबहादुर मगरले बताए ।
प्रदेश सरकारको रु १५ लाख बजेटमा तीन सय ५० मिटर रेलिङ निर्माण गरिएको उनले जानकारी दिए । अझै एक किलोमिटर क्षेत्रमा रेलिङ निर्माण गर्नुपर्ने मगरले बताए । “निर्माण गरिएको सिँढीमा पनि घाँस पलाएको छ”, उनले भने, “बजेटको अभावमा काम हुन सकेको छैन ।” गौरी खोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने धोको रहेको उनले बताए ।
“यहाँ तीन खण्डको झरना छ, जसले यसको आकर्षण थपेको छ, झरनाको छहरामा पुग्न सकिँदैन”, उनले भने । गाउँपालिकाको खोस्रेपानी मूल र भरतपुर महानगरपालिका–२९ को ढोडेनी मूलको पानी झरनामा मिसिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोवाट पाँच किलोमिटरको दूरीमा यो झरना पर्छ । यहाँबाट झन्डै दुई घण्टा पैदल हिँडेर पनि यो झरना पुग्न सकिन्छ ।
“झरना नजिकै रहेको रिग्दी खोलाले पनि यहाँको वातावरणलाई मनोरम बनाउँछ, यो पौडी खेल्न, नुहाउन र माछा मार्न जाने ठाँउ हो”, मगरले भने । झरनामा हिउँदको समयमा फाटफुट मानिस घुम्न आउने गरेको उनले बताए । यो क्षेत्रमा सूर्यदेवी मन्दिर लगायतका धार्मिक क्षेत्र पनि छन् ।
गौरी खोला झरना विकास समितिका अध्यक्ष कविराज गुरुङले बजेट अभावमा झरनासम्म पुग्ने पूर्वाधार विकासको काम गर्न नसकिएको बताए । उनले सिँढीको समेत काम अधुरो हुँदा निर्माण भएको संरचना पनि भत्किन थालेको बताए । अझै रु १५ लाख बजेको व्यवस्था भए झरनासम्म पुग्ने सिँढी निर्माण गर्न सकिने जनाउँदै उनले असला माछाका लागि प्रख्यात रिग्दी खोलामा जल पर्यटनको समेत सम्भावना रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गौरीखोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम सुरु गरिने जनाउँदै उनले चालु आर्थिक वर्षदेखि काम सुरु हुने बताए। “नौ किलोदेखि खानी गाउँसम्म सडक स्तरोन्नतिका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन भएको छ”, उनले भने, “सडकको काम भएपछि पर्यटकलाई झरनासम्म जान सहज हुनेछ ।” पालिकाले यस वर्ष पर्यटन प्रवद्र्धनलाई जोड दिएको जनाउँदै उनले यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...
फाल्गुन २० गते, २०८२ - १५:२९
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...



प्रतिकृया लेख्नुहोस्: