काठमाडौँ । शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिए । उनी श्रीमती तथा सैनिक श्रीमती सङ्घकी अध्यक्ष सुनिता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए । “चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ । जङ्गलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ । यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु”, प्रधानसेनापति शर्माले भने, “यो चलचित्र उत्कृष्ट बनेको छ ।”
उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए । उनले भने, “गाउँ आउँदा लाहुरेलाई चिटिक्क देख्नेले उनीहरुको जीवनसँग नजिक हुन् पाउने छन् । यसले उनीहरुको वीरतासँगै परिवारको कथासमेत भनेको छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।” उनले प्राविधिकरुपमा चलचित्र निकै अब्बल बनेको प्रतिक्रिया दिँदै सम्पूर्ण निर्माण समूहलाई बधाईसमेत दिए । निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई ऊर्जा थपेको बताए ।
“म आफैँ पूर्वगोर्खा सैनिक भएकाले यसलाई एकदशकको मेहनतमा बनाएको हुँ । यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छ । अब हामीले हाम्रो कथा भन्न सुरू गर्नुपर्छ भनेर सुरुआत गरेँ”, निर्देशक चाम्सले भने, “मलाई नेपाली आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ । हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ ।”
गोर्खालीको वीरतालाई यही भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, “हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने छन् । यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुर्याउन मद्दत गर्नेछ ।”
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’को आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायाङ्कन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराईलगायत उपस्थित रहेका थिए ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...
आषाढ़ ३ गते, २०८३ - १०:५५
चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...
आषाढ़ ३ गते, २०८३ - १०:४२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...



प्रतिकृया लेख्नुहोस्: