Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बाढीले त्रिशूली नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु

खबरडबली संवाददाता

गोरखा । त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ।

गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ।

गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए।

त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

‘धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ,’ उनले भने, ‘त्रिशूली नदीमा पानीको बहाव अझै पनि अत्यधिक माथि रहेकाले विस्तृत मर्मत शुक्रबारदेखि सुरु गर्न कठिन भएपछि शनिबारदेखि मर्मत सुरु गर्न लागिएको हो।’

‘बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुङ्गे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पुर्‍याएको थियो।

बाढीले पुलमा क्षति पुर्‍याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ। झोलुङ्गे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब–भत्ता फिर्ता गर्न त्रिविको अन्तिम चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending