काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ । तीनरचार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो ।
पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत २५र३० देखि कतिपय ठाउँमा ४० वर्ष पुराना पुल रहेकाले ती ठाउँमा नयाँ पुल बनाउनुपर्ने आयोजना प्रमुख चुडाराज ढकालले बताए । उनले भने, “त्यतिबेला थोरै गाडी चल्दाका पुल अहिले पर्याप्त छैन ।”
पुलहरुलाई नौ मिटर चौडाइमा विस्तार गरिने उनले बताए । सात मिटर गाडी गुड्ने र त्यससँगै दुई मिटर गरी नौ मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो । सडकको विस्तार भएकाले सडक जत्तिकै चौडाइमा पुल बनाउनुपर्ने उनको भनाइ छ ।
पुल साँघुरा हुँदा समस्या भएकाले अहिले नयाँ बनाउनु आवश्यक रहेको प्रमुख ढकालले बताए । पुराना सडक रहेको स्थानमा पुल बनाउनुपर्ने बढी आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “नेपालगञ्ज(गुलरिया खण्डमा पाँच जति पुलमा यो अवस्था रहेको छ ।”
आयोजनाअन्तर्गत केही सङ्ख्यामा रुग्ण पुलको ठेक्का पनि छ । आयोजनाले काम नै नगर्ने पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत अघि बढाउँदै आएको छ । हुलाकी राजमार्ग आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्याइएको थियो । अहिले पुन:आव २०८३/८४ मा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।
राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल नेपाल सरकारले बनाउने सम्झौता भएको थियो ।
आयोजनाको डिजाइनमा जम्मा दुई सय ५० पुल रहेकामा हालसम्म एक सय ३२ पुलको निर्माण सम्पन्न भएको छ । गत आवमा जम्मा ११ पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...




प्रतिकृया लेख्नुहोस्: