काठमाडौँ । व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्र ९आइटिसी० को सि–ट्रेड इनिसियटिभ्सको संयुक्त आयोजनामा भएको दुई दिने व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशालामा सरोकारवालाहरूले सो विषयमा जोड दिएका हुन् ।
कार्यशालामा व्यापार नीतिहरूमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिलासँग सम्बन्धित व्यावसायिक सङ्घहरूलाई यससम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गरिएको थियो।
सो अवसरमा आइटिसीद्वारा तयार पारिएको सि–ट्रेड आउटलुकले औँल्याएका विषयहरूबारे सम्बद्ध विज्ञ र सरकारी निकायका पदाधिकारी, महिला सङ्गठन र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो ।
सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र सिकेका पाठहरू आदानप्रदान गरिनाका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरूको खोजी गरिएको थियो । महिला उद्यमीहरूलाई व्यापारको मूल प्रवाहमा ल्याउनका लागि कार्यशालामा महिलाहरूद्वारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरूसमक्ष पेस गरी कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता जनाइएको थियो ।
सो अवसरमा आइटिसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउन अनुकूल वातावरण सिर्जना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा महिलाको बढी पहुँचका लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । उनले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताए ।
नेपालका लागि इयु डेलिगेसनकी सहयोग उपप्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले महिलाहरूलाई व्यापारको मूल प्रवाहीकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने बताइन् । उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वयको आवश्यकतामा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: